प्याब्सनको नेपाली प्रश्नपत्रमा सयभन्दा बढी त्रुटि

५ पुस, काठमाण्डौं । काठमाण्डौं प्याब्सनले १० कक्षाको नेपाली विषयका लागि तयार पारेको प्रश्नपत्रमा १ सयभन्दा बढी त्रुटि फेला परेका छन् ।
पूर्वप्रवेशिका योग्यता परीक्षा २०६९ का लागि तयार पारिएको नेपाली विषयको प्रश्नपत्रमा १ सय ५ ओटा भाषागत त्रुटि फेला परेका हुन् । प्याब्सनअन्तर्गत साढे ५ सय विद्यालयका करिब १५ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

विद्यार्थीको योग्यता मापन गर्न लिइएको नेपाली विषयको प्रश्नपत्रमा गम्भिर त्रुटि हुँदा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् । ‘विद्यार्थीलाई शुद्ध भाषा सिकाउने शिक्षकले नै प्रश्नपत्र निर्माणमा गम्भीर लापरबाही गर्छन भने विद्यार्थीले नेपाली भाषको कस्तो सिकाई गर्लान ?’ एक अभिभावकले भने ।
प्याब्सनले तयार पारेको समूह ‘क’ को चार पृष्ठ लामो प्रश्नपत्रमा सामान्इ शब्दमा समेत भाषिक त्रुटि छ राजधानी दैनिकमा खबर छ । प्रश्नपत्रको सुरुमै शुद्ध, स्पष्ट र मौलिक उत्तर लेख्न निर्देशन गरिएको छ तर सोही प्रश्नपत्रमा १ सय ५ ओटा त्रुटि रहेको देखिएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......