न्यूनतम २ वर्षदेखि ५ वर्षभन्दा बढी काम
गरेका कर्मचारीहरुले स-सम्मान पुनर्वहालीको माग गर्दै आन्दोलन गर्ने बताएका
छन् । निष्काशित कर्मचारीहरुले नेकपा-माओवादी निकट अखिल नेपाल
क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ नेपाल स्याटलाइट टेलिकम
(हेलो नेपाल) इकाई कमिटीको नाममा
आन्दोलन गर्न लागेको इकाईका अध्यक्ष विरोध
कट्टेलले जनाएका छन् । कमिटीले पुनर्बहालीको एकसुत्रीय माग राखी नयाँ
बानेश्वरस्थित सुमार्गीको चर्चित मुक्ति टावरमा ज्ञापनपत्र बुझाउने बताइएको
छ । उक्त टावरमा नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल) की अध्यक्ष रहेकी
सुमार्गी पत्नी श्रीमती अस्मिता सुमार्गीलाई पत्र बुझाई निश्चित समायावधिको
अल्टिमेटम दिने र सो अवधिमा निस्काशित कर्मचारीलाई पुनर्वहाली नगरे
संघर्षका कार्यक्रम घोषणा गर्ने एक कर्मचारीले बताए ।
‘नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल)का
मालिक अजयराज सुमार्गीले ‘नेपालका सबै पार्टी र नेताहरु मेरा खल्तीका हुन्,
तिमीहरुलाई म जे चाहृयो त्यो गर्न सक्छु’ भन्दै जबर्जस्ती हस्ताक्षर गर्न
लगाएर कर्मचारीहरुलाई निष्काशन गरे, जुन क्रम अहिलेसम्म पनि जारी छ ।’ ३४
जना कर्मचारीका नाममा जारी अपीलमा न्यूनतम् २ वर्षदेखि ५ वर्षसम्म कार्यरत
कर्मचारीहरुलाई जबर्जस्ती धम्कीको भाषा प्रयोग गरी श्रम ऐन विपरीत ५०
जनालाई कम्पनीले निष्काशन गरेको बताइएको छ ।
‘शुरुमा राजनीतिक दल सम्वद्ध नरहेको
स्वतन्त्र ट्रेड यूनियनका नाममा व्यवस्थापनसमक्ष माग राख्दा त्यसैको
प्रतिशोध साँधेर आफूहरुलाई बन्द कोठामा थुनेर स्वघोषित स्वैच्छिक अवकाशको
पत्रमा व्यहोरा पढ्नै नदिई मिति उल्लेख नगरिएको कागजमा जवर्जस्ती हस्ताक्षर
गराइएको कर्मचारीहरुको आरोप छ ।सुमार्गीले उक्त कम्पनी सन् २०११ मा
बहुराष्ट्रिय कम्पनी टेलिया सोनेरालाई बिक्री गरी बिदेशी कम्पनीको स्वार्थ
पूरा गरिदिन सन् २०१२ बाट आफूहरुलाई जबर्जस्ती निष्काशन गर्न थालेको र सो
क्रम अहिले पनि चलिरहेको कर्मचारीहरु बताउँछन् ।
कर्मचारीको गुनासो सम्बन्धमा हेल्लो
नेपालको कार्यालयमा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले अजय र अस्मिता कसैको
पनि टेलिफोन सम्पर्क दिन मानेनन् ।

