२ पुस, कैलाली । कैलालीको दरख गाविसमा
पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । दरख गाविस वडा नम्वर ३ हरिनगरका ४५
वर्षका जीतबहादुर दासको मृत्यु भएको हो । दास साईकलमा सामान ल्याउँदै गर्दा
पुलबाट खसेका थिए ।
भजनी-सुख्खड सडकखण्ड अन्तरगत पर्ने दरख-कीर्तिपुरमा रहेको पुलबाट खसेर दासको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।