सामाजिक संजालबाट बढ्यो आठ गुणा अपराध

फेसबुक र टि्वटर जस्ता समाजिक संजालसँग जोडिएका आपराधको संख्या पछिल्लो चार वर्षमा करिव ८ गुना बढेको छ ।

बेलायती पुलिसको तथ्यांकअनुसार इङ्ग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा सन् २०१२ मा सामाजिक संजालसंग सम्वन्धित ४ हजार ९ सय ८ आपराधिक घटना भएका छन्, जसमा ६ सय ५३ मानिसविरुद्ध मुद्दा

चलाइएको छ । सामाजिक संजालसंग जोडिएको अपराध नयाँ चुनौतीका रुपमा आएको बेलायती प्रहरीका वरिष्ठ अपधकारीहरु बताउँछन् ।

संजालसंग जोडिएको अपराध नियन्त्रणका लागि पछिल्लो साता इङ्गल्याण्ड र वेस्समा अन्तरिम निर्देशिका नै जारी गरिएको छ । समाजिक संजालमा उत्पीडन र हिंसाको खतरा रहेको भन्दै प्रहरीले आफ्नो ध्यान यसतिरै केन्द्रीत गरेको छ ।

पछिल्लो समय फेसबुक, टि्वटर लगायतमा अपमानजनक व्यवहार, धम्कीपूर्ण सन्देश, हिंसाका लागि उकास्ने, यौन उत्पीडन, रंगभेदी व्यवहार लगायतका घटना हुँदै आएको छ । – एजेन्सीको सहयोगमा

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......