मृत्युदण्डअघि दाजुको प्राण खोज्दै बहिनी मलेसियामा

रामचन्द्र नेपाल
 १७ पुस, क्वालालम्पुर । लागु पदार्थ कारोबारमा संलग्न भएको अभियोगमा मलेसियामा मृत्युदण्डको सजाय सुनाईएका नुवाकोटका हरिवहादुर घलेकी वहिनी यतिखेर दाजुको मुख हेर्न मलेसिया पुगेकी छिन् ।रोजगारीका लागि मलेसिया पुगेका घले नेपाल र्फकने क्रममा ९ बर्षअघि पक्राउ परेका थिए । त्यसयता जेलमा बसेर मुद्दा लडिरहेका घलेलाई केही बर्षअघि मलेसियाको सर्वोच्च अदालतले मृत्युदण्ड सुनाएको थियो ।
घलेलाई बचाउन गरिएका सवै प्रयत्न असफल भएपछि निरास भएका परिवारका सदस्यहरु भावबिहल अबस्थामा छन् । मृत्युदण्ड नै दिने सम्भावना बढि रहेको अबस्थामा बहिनी सरला घले यतिखेर क्वालालम्पुरमा दाजुलाई भेट्ने याचना गर्दै हिडीरहेकी छिन् ।सोमवार उनले नेपाली दुतावास क्वालालम्पुरमा दाजुलाई भेटाईदिन अनुरोध गर्दै निवेदन दिएकी छिन् । निवेदन लिएपछि मलेसियाका लागि कार्यवाहक राजदुत लेखनाथ भटटराईले आफुले भेटघाटको लागि तत्काल पहल गर्ने बताउँदै सरलालाई सन्त्वना दिनुभयो ।
लागुपदार्थ तस्करीको अभियोगमा सन् २००३ मे ३० तारिखका दिन हरि घले क्वालालम्पुरको एक होटलवाट पक्राउ परेका थिए । करीव ९ वर्ष पछाडि घलेलाई असोज १० गते मलेसियाको सर्वाैच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।मृत्यु दण्डको फैसला सुनाएपछि जीवन रक्षा गरिदिन नेपाल सरकारले मलेसिया सरकारलाई पत्र पठाईसकेको छ । प्रधानमन्त्री डा.वावुराम भट्टराईले मलेसियाली समकक्षी मोहम्मद नाजीअव्दुल रजकलाई पत्र लेखेर सजायँ माफ गरिदिन आग्रह गरेपनि अहिलेसम्म मलेसियाले त्यसको जवाफ फर्काएको छैन् ।
त्यसअघि नेपाली दूतावासले लामो समयसम्म वकिल राखेर घलेको पक्षमा मुद्दा लडेको थियो । सन् २०११ मा पनि दूतावासले ३९ हजार रिंगेट सहयोग संकलन गरेरै मुद्दा लड्न वकिल नियुक्त गरेको थियो । तर मलेसियाका सवैजसो अदालतले उनलाई मृत्युदण्डको फैसला हुने सजायँ सुनाएपछि अब घलेलाई बचाउन कठिन भएको छ । सजायँ माफीको अन्तिम प्रयासको पनि जवाफ आउन सकेको छैन् ।
भताभुंग परिवार
घले प्रक्रमउ परेको खवर सुनेर चिन्तित वनेका उनका बाबुको केहि समयपछि नै ज्यान गएको थियो । छोराकै बाटो हेर्दाहेर्दै आमाले पनि प्राण त्यागिन भने अर्की बहिनीको पनि मृत्यु भयो । बिहे गरेर मलेसिया पुगेका घले पक्राउ परेको खवर सुनेपछि श्रीमती पनि सानी छोरीलाई छाडेर अर्कैसँग बिहे गरेर गइन् । अहिले उनकी १३ बषिर्य छोरी झरना त्रिसुलीस्थित मावलीको शरणमा छिन् । अहिले घलेको परिवारमा ८६ वषिर्य हजुर वुवाधनवहादुर घले गाउमै छन । हजुरआमा आशामाया घले, भाई टेकवहादुर घले, भाईवुहारी सन्जु घले काठमाण्डौमा वस्दै आएका छन

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......