२३पुस, काठमाण्डौ । ईन्टरनेशनल मनि
एक्सप्रेस -आईएमई) ले मनिग्राम कम्पनीको सवैभन्दा धेरै कारोवार गर्ने
नेपालभरिका एजेन्ट/सव एजेन्टलाई पुरस्कृत गरेको छ ।
अक्टोवर, नोभेम्वर र डिसेम्वर महिनाको
कारोबारलाई आधार बनाएर गरिएको छनौटमा प्रथम, द्वितिय र तृतिय स्थानमा
क्रमशः स्नेहा
सप्लायर्स एण्ड टे्रडर्स, दमक, एकता मनि नेटवर्क बुटवल र
न्यू वल्र्डलिंक मनि ट्रान्सफर महारागंजलाई पुरस्कृत गरिएको हो । तीनवटै
संस्थाका संचालकहरुलाई कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले एक
समारोहकाबिच पूरस्कार र प्रशंसापत्रप्रदान गर्नुभयो ।
सो
अवसरमा कम्पनीका कार्यकारी निर्देशक हेमराज ढकाल, प्रमुखकार्यकारी अधिकृत
सुमन पोखरेल, उपत्यकाभित्रका अन्य प्रतिस्पर्धि एजेन्ट/सव एजेन्ट साथै
कम्पनीका अन्य कर्मचारीहरुको उपस्थिति थियो । आईएमईले आˆनै नेटवर्क नभएका
देशवाट मनिग्राम, एक्सप्रेस मनि, इन्स्टेन्ट क्यास, क्योदाई
रेमिट्यान्सजस्ता अन्तराष्ट्रिय स्तरका रेमिट्यान्स कम्पनीसँगको सहकार्यमा
आफनो सेवाप्रदान गर्दै आएको छ ।
आफनो स्थापनाकाल देखिनै रेमिट्यान्स
सेवालाई प्रत्येक नेपालीको पहँुचसम्म पुराउन प्रतिबद्व यो कम्पनीले सेवा
सुभारम्भको १२ औ वर्षसम्ममा नेपालभरका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण
क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका २ हजार १ सय भन्दा बढी
शाखा/सवएजेन्ट र बैङ्क तथा वित्तिय संस्थाका शाखामार्फत विदेशमा कार्यरत
नेपालीहरुले दुःख गरि कमाएको रकम छिटो, छरितो र सुरक्षिततवरबाट वितरण गर्दै
आईरहेको छ ।

