वैद्यसँग हतियार खोज्दै बाबुराम सरकार

कहाँ हराए ३८ थान बन्दूक
१० पुस, काठमाडौं । माओवादी लडाकूका हतियार भण्डारण गरिएका सम्पूर्ण कन्टेनरको साँचो बाबुराम नेतृत्वकै सरकारले नेपाली सेनालाई बुझाए पनि यतिबेला सरकारले वैद्य पक्षका सेल्टरहरुमा हतियारको खोजी गर्न अझै छाडेको छैन । सरकारी स्रोतको दाबीअनुसार अहिलेसम्म ३८ थान हतियार सरकारको मातहतमा आउन बाँकी छ ।

अनलाइनखबरलाई प्राप्त एक रिपोर्टअनुसार माओवादीसँग कुल ३ हजार ४ सय ५५ थान हतियार रहेकोमा ३ हजार ४ सय १७ थानमात्रै सरकारको मातहतमा आएका छन् । बाँकी ३८ थान हतियार अझै सरकारको मातहतमा आएका छैनन् । आखिर कहाँ गए यी हतियार ? न सरकारसँग जवाफ छ, न माओवादीसँग ।
 प्राप्त विवरण अनुसार काठमाडौंमा माओवादी नेताहरुसँग २७ थान हतियार रहेका थिए । ती सबै हतियार बुझाउन बाँकी रहेको सरकारी स्रोतको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै इलामको चुलाचुलीबाट ३ थान, तेस्रो डिभिजन चितवनबाट ३ थान, रोल्पाबाट २ थान र सुर्खेतबाट ३ थान हतियार बुझाउन बाँकी रहेको विवरणमा उल्लेख छ । सिन्धुली, नवलपरासी र कैलालीका शिबिरबाट भने सम्पूर्ण हतियार सेनाको मातहतमा आएको बताइएको छ ।तर, कैलालीको शिबिरबाट सबै हतियार सरकारको मातहतमा गैसकेको भनिए पनि वैद्यपक्षीय स्थानीय माओवादी कार्यकर्ताको घरमा हालै प्रहरीले हतियार लुकाएको आशंकामा प्रहरीले खानतलासी गरेको गुनासो वैद्य पक्षका नेताले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष राखेका छन् ।
 इलाम र चितवनबाट ६ थान हतियार आउन बाँकी रहेको विवरणमा उल्लेख गरिए पनि सुर्खेतका तीन थान हतियारमध्ये एक नाल डिभिजन कमान्डर प्रतीक र ९ मिमिको अर्को एक नाल उदय चलाउनेसँग रहेको सरकारी विवरणमा उल्लेख छ । साथै पेस्तोल १ नालबारे ‘थाहा नभएको’ भनिएको छ । त्यस्तै रोल्पामा दुईथान मध्ये एउटा आउन बाँकी र अर्को एक थान ‘थाहा नभएको’ भनिएको छ । काठमाडौंका २७ थान हतियारलाई ‘बाँकी’ अन्तरगत राखिएको छ ।
हेर्नुहोस् हतियारको विवरण-

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......