नेपालमा पछिल्लो समय बढ्दै गएको महिला
हिंसाबिरुद्धको आन्दोलनमा सेलिब्रेटीहरुको समेत साथ मिलेको छ । शनिबार
बिहान १० बजेदेखी ११ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटरमा धर्ना दिन
पुगेका महिला अधिकारकर्मीहरुसँगै सेलिब्रेटीहरु पनि उभिएका छन् । धर्नामा
नायिका नम्रता श्रेष्ठ, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, कलाकार रेमनदास
श्रेष्ठ, नायक कर्मा लगायतको उपस्थिती थियो । उनीहरुले नेपालमा बढ्दै गएको
महिलाहिंसा तत्काल रोकी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।पछिल्ला
केही दिनमा मात्र नेपालमा आधादर्जन यस्ता खालका हिंसा भैसकेका छन् ।
वाराकी विन्दु ठाकुर र बर्दियाकी शिवा हास्मिलाई जिउदै जलाएर हत्या गरिनु,
एयरपोर्टमा लुटिएकी एक युवतीलाई सरकारी कर्मचारीबाट नै बलात्कार गरिनु
जस्ता घटनाले महिलाहरु दिनप्रतिदिन असुरक्षित हुदै गएको देखिन्छ ।
