वैज्ञानिकहरुले क्यान्सरको परीक्षणका लागि
एक नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् जस अनुसार अब तपाइँको सरीरको
भित्री भागमा रहेको क्यान्सर पनि सजिलैसँग पत्ता लगाउन सकिनेछ ।
बि्रद टेष्ट अर्थात् स्वास परिक्षण भनिने
यो पद्दतिमार्फत स्वासको
परीक्षण गरी सरीरको भित्री अंगहरुमा क्यान्सर
क्यान्सर भए नभएको कुरा एकिन गरिन्छ । खासगरी स्वासप्रस्वासका क्रममा
फ्याँकिएको सासमा भएको रसायनहरुको परीक्षण गरी उक्त रसायनहरुमा ट्युमर
बनाउने क्षमता भए नभएको कुराको परीक्षण गरिन्छ ।
बि्रटिस जर्नल अफ सर्जरीले यो परीक्षणबाट प्राप्त हुने नतिजा ७६ प्रतिशत सम्म सही हुने दाबी गरेको छ ।
वैज्ञानिकहरुले यस्तो विधि मधुमेह तथा क्षयरोगको परीक्षणमा पनि प्रयोग गर्न सकिन्छ की भन्ने कुराको अनुसन्धान गरिरहेको बताएका छन् ।
अहिलेसम्म पेट लगायत सरीरको भित्रि भागको
क्यान्सरको जाँचका लागि दिसासँगै आउने रगतको परीक्षण गर्नुपर्छ । यस्तो
परीक्षणबाट सरीरका केही निश्चित भागको क्यान्सरका बारेमा मात्र पत्तो लाग्छ
।
पछिल्लो प्रविधि यस्तो मान्यतामा आधारित छ
की क्यान्सर ट्यूमरले सरीरमा विशेष प्रकारको अस्थिर यौगिक निर्माण गर्छ ।
यस्तो यौगिक मानिसको स्वासको माध्यमबाट केही मात्रामा बाहिर आउँछ । अझ रोचक
कुरा त के भने यो प्रविधिको सहायताले कुकुरले समेत मानिसको सरीरभित्र
क्यान्सर भए नभएको कुरा पत्ता लगाउन सक्छ । सुरुवाती अध्ययनबाट यो पत्ता
लागेको छ की यसको परीक्षणका लागि कुकुरलाई समेत तालिम दिन सकिन्छ ।
दक्षिण इटालीको बारी शहरका चिकित्सकहरुको
एक टोलीले यस क्रममा ३७ जना क्यान्सर रोगी तथा ४१ जना सामान्य निरोगीहरुको
स्वासको नमूना लिएर परीक्षण गरेका थिए । यस क्रममा स्वासको परीक्षणबाटै
क्यान्सर भएका र नभएका मानिस छुट्टाउन सकिएको थियो । तरपनि यो प्रविधिलाई
आम प्रयोगको स्तरसम्म लैजान अझै धेरै काम गर्न बाँकी रहेकेा विज्ञहरुको
भनाइ छ ।
