१०
पुस, काठमाडौं । शीतलनिवासले जनतालाई दिएको सूचनाअनुसार राष्ट्रपति डा.
रामवरण यादव मानविकी शंकायको डिग्री लिन बनारस जानुभएको थियो, तर त्यहाँ
उहाँले एकाएक कानुनको डिग्री प्राप्त गर्नुहुने भएको छ ।राष्ट्रपति
कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा
राष्ट्रपति डा. यादव ‘डाक्टर अफ लेटर्स’को
डी. लिट र एलएल.डीको फरक
बनारस हिन्दू युनिभर्सिटी एक्ट को दफा
३९ (१) अनुसार प्रदान गरिने डी.लिटको उपाधि अलि ठूलो र एलएल.डीको उपाधि
सानो चाँहि होइन । यी दुई उपाधिहरु भिन्न-भिन्न संकायका लागि व्यवस्था
गरिएका हुन् । डी.लिट आर्टस् पढेकाले पाउने उपाधि हो भने एलएल.डी चाहिँ
कानूनका ज्ञाताले ।हिन्दू विश्वविद्यालय एक्टको दफा ३९ (१) अनुसार
‘डी.लिट.’ उपाधि साहित्य, दर्शन, कला र संगीतको उन्नति एवं चित्रकला
लगायतका विधाहरुमा महत्वपूर्ण योगदान दिने एवं सेवा गर्ने विशिष्ट
व्यक्तिलाई प्रदान गरिन्छ । त्यस्तै उपदफा (२) अनुसार प्रदान गरिने
‘डी.एस्सी.’ उपाधि देशभित्र विज्ञान या प्रविधिसम्बन्धी क्षेत्रमा योगदान
पुर्याइरहेका आयोजना वा संस्थानलाई दिइने उल्लेख छ । उपदफा (३) अनुसार
प्रदान गरिने एलएल.डीको उपाधि प्रतिष्ठित वकील, न्यायाधीश वा कानूनविद्,
राजनेता वा सार्वजनिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई दिइने
बनारस विश्वविद्यालय एक्टको दफा ३९(३) मा उल्लेख छ ।
सन् १९१५ को भारतीय एक्ट नं १६ को
मातहतमा रहेर भारतीय कानूनअनुसार दिइने यी तीनै प्रकारका मानार्थ डिग्रीहरु
अन्य सार्वभौम मुलुकको राष्ट्राध्यक्षलाई दिइने हैसियतका हुन् या आर्टस्,
साइन्स र कानुनका स्वदेशी विज्ञलाई दिइने हैसियतकामात्रै हुन् ? यसबारे
बनारस हिन्दू विश्वविद्यालय एक्टमा प्रष्टसित उल्लेख गरिएको छैन । एक्टमा
‘यस्तो उपाधि विदेशीलाई पनि दिन सकिने छ’ वा ‘स्वदेश वा विदेशमा योगदान
पुर्याएका’ भन्ने वाक्यांश एक्टमा उल्लेख नहुँदासम्म यो उपाधि भारतीय
नागरिकले पाउने भन्ने बुझ्नुपर्ने हुन्छ । किनभने कुनै पनि देशको कानुनले
विदेशमा प्रभाव राख्दैन । कानुनको देशीय सीमा हुन्छ । शायद कानुनको
ज्ञाताले पाउने उपाधिका योग्य हाम्रा महामहिम राष्ट्रपतिले यो कुरो पक्कै
बुझ्नुभएको हुनसक्छ ।
यस्तो छ राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचना


