लाइभ हेर्नुहोस् खुइलिंदै गरेको सगरमाथा (फोटोफिचर सहित )

हिमाल आरोही तथा फिल्म निर्माता डेभिड बि्रसर्स तथा हिमनदीहरुको बारेमा अनुसन्धान गर्ने एक संस्था ग्लेसियर वर्कस्ले विश्वको सर्वोच्च शिखर सगरमाथाको पछिल्लो अवस्थाका विषयमा जानकारी गराउने गरी सगरमाथा क्षेत्रको विस्तृत तस्वीर तयार पार्न सफल भएका छन् ।
विभिन्न कोणबाट खिचिएका ४७७ वटा तस्वीरको संयोजन गरी उनीहरुले २ अर्ब पिक्सेल साइजको सगरमाथाको एउटा तस्वीर तयार पारेका छन् जसबाट जूम गरी-गरी सगरमाथालाई धित मरुन्जेल हेर्न सकिन्छ ।हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई देखाउन यो तस्वीर पर्याप्त छ । साथै उनीहरुले सन् १९२१ यता सगरमाथा क्षेत्रमा भएको परिवर्तनलाई देखाउन विभिन्न तुलनात्मक तस्वीरहरु समेत राखेका छन् । तस्वीरमा रहेको खुम्बु हिमनदीको तस्वीर फोटोग्राफरले यही वर्ष पूमोरी
भ्यू प्वाइन्ट बाट खिचेका हुन् । सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनका विषयमा अझै प्रष्टसाग देखाउनका माइक्रोसफ्ट र रोयल जियोग्राफिकल सोसाइटीसाग मिलेर प्राप्त तस्वीहरुलाई उच्चस्तरीय प्रविधिको सहायतले अझै दर्शनीय बनाउने काम भइरहेको डेभिडले बताएका छन् । उनले हिमाल आरोहणका क्रममा मात्र नभएर सगरमाथा क्षेत्रमा हेलिकप्टरबाट समेत १ लाख २० हजार भन्दा बढि तस्वीर लिएका छन्




केइट्रयाक ग्लासियर सन् १९२१ बायाँ र सन् २००८ मा दायाँ

रोङबुक ग्लासियर सन् १९२१ र सन् २००९ मा
तस्वीरको तुलनात्मक अध्ययनबाट सगरमाथा क्षेत्रमा हिउँ घट्दै गएको प्रष्टै देखिन्छ । विज्ञहरुले पनि उष्णकिरणका कारण हिमालयको हिउँ पग्लिँदै गएको र भविष्यमा हिमालय क्षेत्र काला पहाडमा परिणत हुने खतरा रहेको बताउँछन् ।

सवै तस्विर जोडेर बनाइएको तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......