माओवादीद्वारा कोइरालालाई प्रधानमन्त्री मान्न अस्वीकार

२ पुस, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन गर्न अस्वीकार गरेको छ ।
एमाले अध्यक्ष झलनाथ खनालसहितका शीर्ष नेतासँग सोमबार भएको छलफलमा माओवादी नेताहरुले कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव अस्वीकार गरेका हुन् ।

माओवादी नेताहरुले आफ्नो पार्टीले महासचिव रामबहादुर थापा बादललाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै अन्य दलको नेतृत्व स्वीकार्य नहुने बताएका छन् । ‘झलनाथजीहरुले बाबुरामलाई विस्थापित गरेर सुशीललाई स्थापित गरौं भन्ने प्रस्ताव राख्नुभयो’ सचिव नेत्रविक्रम चन्द विप्लवले अनलाइनखबरसँग भन्नुभयो-’हामीले बादल जी प्रचारका लागि हैन, सरकार बनाउनै अघि सारेका हौं, हाम्रै नेतृत्वमा सरकार बनाऔं भनेका छौं ।’
यद्यपि बाबुराम भट्टराई नेतृत्वको सरकारको विकल्प खोज्न भने दुबै दल सहमत भएका छन् । छलफलमा नेकपा-माओवादीका नेताहरुले चार दलबीच मात्रै हुने सहमति आफूहरुलाई मान्य नहुने समेत प्रष्ट पारेका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......