पछिल्लो समय निकै चर्चामा रहेको र सफलताको आश समेत गरिएको फिल्म 'धन्दा'
लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । मंगलबार सेन्सर बोर्डका
सदस्यले केहि सिनमा आपत्ति जनाउँदै १६ बर्ष मुनिका बालबालिकाले हेर्न
नपाउने गरि 'ए' सर्टिफिकेट दिएको निर्माता बाबुराम दाहालले फिल्मीखबरलाई
बताए ।
यहि पौष १३ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको धन्दाले उठाएको
कथाबस्तु अहिलेसम्म खुलाईएको छैन तर पनि यो फिल्मले केहि नयाँ कथा बोकेको
निर्देशक सुदर्शन थापाले बताउँदै आएका छन् । फ्राईडे फिल्म्सको व्यानरमा
बाबुराम र निर्देशक थापाले संयुक्त रूपमा लगानी गरेको यो फिल्म सहित
अभिनेता अर्पण थापाको पनि अहिले निकै चर्चा छ । त्यसैले अर्पणले यो
फिल्मलाई आफ्नो जीवनको महत्वपूर्ण भन्न भ्याएका पनि छन् ।
नेपाल रिलिज भए लगत्तै यो फिल्मलाई युकेमा रिलिज गरिने भएको छ । युकेसँग
फिल्मलाई अष्ट्रेलियामा पनि रिलिज गर्ने तयारी भएको निर्माण पक्षले जनाएको छ
। निर्माता दाहालका अनुसार फिल्म रिलिजका लागि एनआरएनहरूले निकै चासो
देखाई रहेका छन् । फिल्ममा अर्पणको साथमा समुना केसी, दिलभुषण पाठक, पुष्कर
गुरुङ, शुभेच्छा थापा, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ ।