ए डिभिजन लिग फुटबलमा मनाङले हिमालयन शेर्पालाई हरायो

३० मंसिर, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पालाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा हिमालयन शेर्पामाथि १-० को संघर्षपूर्ण जित हात पार्दै मनाङले अपराजित यात्रा कायमै राखेको छ । जितपछि ६ खेलबाट १४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानमा
रहेको मच्छिन्द्रको १६ अंक छ । ४ अंक जोडेको हिमालयन शेर्पा भने रेलिगेशन जोनमा छ ।
त्रिपुरश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले हिमालयन शेर्पालाई दबावमा राखेपनि गोल गर्न भने दोस्रो हापसम्म कुर्नु पर्‍यो । खेलको ५१ औं मिनेटमा सिकोले गोल गर्दै मनाङलाई अग्रता दिलाए । उनले सविन्द्र श्रेष्ठको क्रसमा हेड गोल गरेका हुन् ।
त्यसपछि पनि मनाङले गोल गर्ने केही सुन्दर मौका गुमाएको थियो । खेलमा दुबै टोलीबाट थप गोल हुन सकेन र सिकोको गोल नै मनाङको जितमा निर्णायक बन्यो ।
अहिले पाटनको थ्री स्टारले छिमेकी टोली जावलाखेलको सामना गरिरहेको छ । रेलिगेसनबाट जोगिन जित्नै पर्ने दबावमा रहेको जावलाखेलले उपाधि होडमा रहेको थ्री स्टारलाई कडा चुनौती दिने अनुमान गरिएको छ । थ्री स्टार १२ अंकका साथ तेस्रो स्थानमा छ भने जाउलाखेल पुछारबाट चौथो स्थनमा छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......