काठमाडौं, मंसिर २७ । जापानमा जारी
फिफा क्लव विश्वकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा जित हात पार्दै
ब्राजिलियन क्लव कोरिन्थियन्स फाइनलमा प्रवेश गरेको छ । टोयोटा रंगशालामा
दक्षिण अमेरिकी महादेशलाई प्रतिनिधित्व गरेको कोरिन्थियन्सले इजिप्टको अल
आहलीलाई १–० ले हराएको हो । अल आहलीले अफ्रिकी महादेशको प्रतिनिधित्व गर्दछ । कोरिन्थियन्सलाई जिताउन पाव्लो ग्वेरेरोले निर्णायक गोल गरेका थिए । भोलि हुने दोस्रो सेमिफाइनलमा मेक्सिकन क्लव मन्टेरीले इङ्गलिस क्लव चेल्सीको सामना गर्नेछ ।
मन्टेरीले उत्तर अमेरिकी महादेशको प्रतिनिधित्व गर्छ भने चेल्सीले युरोपको । खेल नेपाली समय अनुसार भोलि सवा चार बजे शुरु हुनेछ ।
यसैगरी, पाँचौं स्थानको लागि भएको खेलमा भने आयोजक राष्ट्र जापानको जे लिग विजेता सान्फ्रेसी हिरोसिमा विजयी भएको छ । हिरोसिमाले दक्षिण कोरियाको उल्सान हुण्डाइलाई ३–२ ले हरायो ।
