एनआरएनको बंगलामा प्रचण्डको गुप्तबास

Photo: एनआरएनको बंगलामा प्रचण्डको गुप्तबास
अन्तरविरोधबारे अन्यौल, समाजवाद जाने बाटो- सहकारी

१६ पुस, काठमाण्डौ । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले ललितपुरको ठेचोमा उपेन्द्र महतोका व्यापारिक पार्टनर निरजगोविन्द श्रेष्ठको सुविधासम्पन्न घरमा तीन दिन बसेर महाधिवेशनका लागि दस्ताबेज लेख्नुभएको छ । उहाँले दस्तावेज लेखनमा ढिलाइ गरेकै कारण पौष १० गते बस्ने भनिएको महाधिवेश तयारी समितिको बैठकसमेत सरिसकेको छ ।

दस्तावेजको आधारः भृकुटीमण्डप

पाँच महिनाअघि भृकुटीमण्डपमा आयोजित केन्द्रीय समितिको सातौं विस्तारित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनले उठाएकै विचारधारात्मक प्रश्नहरुलाई थप व्याख्या गर्नेगरी दस्तावेज लेख्ने सहमति प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठवीच भएको एमाओवादी नेताहरु बताउँछन् ।

के छ भृकुटीमण्डपको दस्ताबेजमा ?

भृकुटीमण्डपमा एमाओवादी अध्यक्षले ‘पार्टी र क्रान्तिका अगाडि उत्पन्न संकट र सर्वहारावर्गको ऐतिहासिक कार्यभार’ शीर्षकको ४० पृष्ठको दस्तावेज पेश गर्नुभएको थियो । सो दस्ताबेजले नेपालको क्रान्तिबारे नयाँ लाइन ल्याएको र त्यसको थप व्याख्या गर्न आवश्यक रहेको बताइएको थियो । त्यसरी ‘थप व्याख्या गर्नुपर्ने’ विषयमा प्रधान अन्तरविारेध र नेपाली क्रान्तिको कार्यदिशाको प्रश्न मुख्य छ ।

भृकुटीमण्डप दस्तावेजमा नेपाली समाजको प्रधान अन्तरविरोध के हो भन्ने स्पष्ट व्याख्या छैन । दस्तावेजमा प्रधान अन्तरविरोधबारे भनिएको छ- ‘साम्राज्यवादी, विस्तारवादीलगायतका वैदेशिक प्रतिक्रियावादी शक्ति र एकात्मक सामन्ती सत्ताका पक्षधर घरेलु प्रतिक्रियावादीहरु लागिरहेका छन् । यसले प्रधान अन्तरविरोधको विद्यमान अवस्थालाई स्पष्ट संकेत गरिरहेको छ । पार्टीले आर्थिक, राजनैतिक र सांस्कृतिक दृष्टिले समग्रमा प्रधान अन्तरविरोधको व्यवस्थित अध्ययन गरी समुचित व्याख्या गर्न जरुरी छ ।’

कम्युनिष्ट पार्टीमा प्रधानअन्तरविरोधको निर्धारणलाई प्राथमिक महत्वको विषय मानिन्छ । एमाओवादी प्रधान अन्तरविरोधकै विषयमा अलमलमा परेकाले अहिलेको दस्ताबेजमा प्रचण्डले यो अस्पष्टतालाई हल गर्दै प्रधान अन्तरविरोध एवं प्रधान शत्रुको किटानी गर्नुपर्ने भएको छ ।

‘जनवादी क्रान्तिको कार्यभार’बारे

भृकुटीमण्डप दस्ताजेजमा प्रचण्डद्वारा उठाइएको अर्काे महत्वपूर्ण मुद्दा भनेको संविधानसभाबाटै संघीय गणतन्त्र लगायतका परिवर्तनका मुद्दा संस्थागत भएमा जनवादी क्रान्तिकै कार्यभारको आंशिक परिपूर्ति हुने भन्ने नयाँ विश्लेषण हो । प्रचण्डको यो विश्लेषणलाई वैद्यसमूहले संशोधनवाद भनेको छ ।

संविधानसभाबाटै जनवादी क्रान्तिको आंशिक कार्यभार पूरा भएपछि उत्पादक शक्तिको विकास गरेर एकैचोटि समाजवादी क्रान्तिको आधार तयार पार्न सकिन्छ भन्ने नयाँ विश्लेषण प्रचण्डले भृकुटीमण्डपमा अगाडि सार्नुभएको थियो । तर, संविधानबाट संघीयतालगायतका परिवर्तनका मुद्दालाई संस्थागत गरी जनवादी क्रान्तिको आंशिक कार्यभार पूरा भएपछि बाँकी कार्यभार कसरी पूरा गर्ने ? यसबारे प्रचण्डले भन्नुभएको छ -’बाँकी कार्यभार प्राप्त गर्न पार्टीका सामु नयाँ रणनीतिका साथ अगाडि बढ्ने ऐतिहासिक आवश्यकता खडा हुन आउँछ ।’ उहाँको थप भनाइ छ -’यस विषयमा अहिले नै विस्तृत चर्चा गरेर निश्कर्षमा पुग्न सम्भव छैन । तर, निकट भविश्यमा नै पार्टीले यसको जवाफ दिनैपर्ने भएकाले छिटै राष्ट्रिय महाधिवेशनको आयोजना गरी व्यापक जनवादको अभ्याससहित निश्कर्षमा पुग्नैपर्छ ।’

अब प्रचण्डले महाधिवेशनका लागि तयार पार्ने दस्तावेजमा क्रान्तिको बाँकी कार्यभार कसरी पूरा गर्ने भन्नेबारे ठोस योजना ल्याउनै पर्ने भएको छ । यसका लागि भृकुटीमण्डपले चारवटा विषय उठान गरेको छ-

पहिलो, राष्ट्र र जनताको आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने, यसका लागि सरकारबाट र सहकारी अधियानबाट पुजीँवादी उत्पादकत्व बढाउने ।

दोस्रो, यो पुजिँवादी उत्पादकत्व वृद्धिसँगै राजनीतिक पहलका दृष्टिले समाजवादी क्रान्तिको तयारी गर्ने नयाँ रणनीतिसँग यसलाई जोड्ने ।

तेस्रो, रोजगारी सृष्टि गर्ने, गाउँ-गाउँ र जिल्ला-जिल्लामा विशेष सहकारी अभियान चलाउने ।

र, चौथो, विशुद्ध आर्थिक विकासको मात्रै कुरा गर्दा संशोधनवादतिर जाने भएकाले जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको आरम्भमा जनताको विद्रोहात्मक बल प्रयोगमा जोड दिने ।

कुनै शहरमा खुलेनन् सहकारी

भृकुटीमण्डप विस्तारित बैठकले समाजवादी क्रान्तिको आधार तयार पार्ने भन्दै आर्थिक उत्पादन तथा सहकारी आन्दोलनको कार्यक्रमसमेत बनाएको थियो । यसअन्तर्गत नेपालगञ्ज, दाङ्ग, धनगढी, पोखरा, काठमाडौं, बिराटनगर, बुटवल, वीरगञ्ज र जनकपुरमा बहुउद्देश्यीय सहकारी खोल्ने र पार्टी ब्यूरोले त्यसलाई सञ्चालन गर्ने बताइएको थियो । हरेक जिल्ला तथा राज्य समितिले एक-एकवटा बहुउद्देश्यीय सहकारी खोल्ने र गाविसहरुमा सहकारीमार्फत पकेट कार्यक्रम चलाउने भनिएको थियो । केन्द्रीय समितिका सबै सदस्यहरु सहकारीको सदस्य बन्नुपर्ने अनिवार्य व्यवस्थासमेत भृकुटीमण्डप विस्तारित बैठकले गरेको थियो । सहकारीको प्रचार-प्रसारका लागि संास्कृतिक टोलीहरु बनाउने भनिएको थियो । तर, एमाओवादीले भनेका यस्ता पार्टी नेतृत्वका सहकारीहरु कुनै पनि शहरमा खुलेका छैनन् ।

के एकीकृत माओवादीको यस्तो सहकारी अभियानले उसले भनेको जस्तो ‘क्रान्तिको बाँकी कार्यभार’ पूरा गर्ला ? यसको जवाफका लागि भने प्रचण्डले ठेचोमा लेख्नुभएको नयाँ दस्तावेज एकपटक पढ्नैपर्ने हुन्छ ।

झगडा मिलाउने अर्को चुनौती

एमाओवादी अध्यक्ष प्रचण्ड सामु एकातिर राजनीतिक कार्यदिशा र बाटो तय गर्नुपर्ने चुनौती छ भने अर्कातिर लडाकूको हिसाब सम्बनधी विवाद, नेताहरुको सम्पत्ति छानविनसम्बनधी अमिक शेरचन आयोगको प्रतिवेदन कार्यान्वयन एवं नेतृत्वसम्बन्धी विवादहरुको समाधान गर्नुपर्ने दायित्व पनि उत्तिकै रहेको छ । भृकुटीमण्डमा प्रस्तुत दस्तावेजमा बाबुराम पक्षले फरक मत व्यक्त नगरे पनि कुर्सी हानाहानसम्मको घटना भएको थियो । त्यस्तै भारतलाई हेर्ने विषयलाई लिएर त्यसबेला उपाध्यक्ष नारायणकाजीले प्रचण्डको दस्तावेजमा असहमति जनाएको समाचारसमेत बाहिर आएको थियो । प्रचण्डले यस्ता विषयहरुलाई कसरी मिलाउनुहोला ? यो पनि हेर्न बाँकी छ ।अन्तरविरोधबारे अन्यौल, समाजवाद जाने बाटो- सहकारी

१६ पुस, काठमाण्डौ । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले ललितपुरको ठेचोमा उपेन्द्र महतोका व्यापारिक पार्टनर निरजगोविन्द श्रेष्ठको सुविधासम्पन्न घरमा तीन दिन बसेर महाधिवेशनका लागि दस्ताबेज लेख्नुभएको छ । उहाँले दस्तावेज लेखनमा ढिलाइ गरेकै कारण पौष १० गते बस्ने भनिएको महाधिवेश तयारी समितिको बैठकसमेत सरिसकेको छ ।

दस्तावेजको आधारः भृकुटीमण्डप

पाँच महिनाअघि भृकुटीमण्डपमा आयोजित केन्द्रीय समितिको सातौं विस्तारित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनले उठाएकै विचारधारात्मक प्रश्नहरुलाई थप व्याख्या गर्नेगरी दस्तावेज लेख्ने सहमति प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठवीच भएको एमाओवादी नेताहरु बताउँछन् ।

के छ भृकुटीमण्डपको दस्ताबेजमा ?

भृकुटीमण्डपमा एमाओवादी अध्यक्षले ‘पार्टी र क्रान्तिका अगाडि उत्पन्न संकट र सर्वहारावर्गको ऐतिहासिक कार्यभार’ शीर्षकको ४० पृष्ठको दस्तावेज पेश गर्नुभएको थियो । सो दस्ताबेजले नेपालको क्रान्तिबारे नयाँ लाइन ल्याएको र त्यसको थप व्याख्या गर्न आवश्यक रहेको बताइएको थियो । त्यसरी ‘थप व्याख्या गर्नुपर्ने’ विषयमा प्रधान अन्तरविारेध र नेपाली क्रान्तिको कार्यदिशाको प्रश्न मुख्य छ ।

भृकुटीमण्डप दस्तावेजमा नेपाली समाजको प्रधान अन्तरविरोध के हो भन्ने स्पष्ट व्याख्या छैन । दस्तावेजमा प्रधान अन्तरविरोधबारे भनिएको छ- ‘साम्राज्यवादी, विस्तारवादीलगायतका वैदेशिक प्रतिक्रियावादी शक्ति र एकात्मक सामन्ती सत्ताका पक्षधर घरेलु प्रतिक्रियावादीहरु लागिरहेका छन् । यसले प्रधान अन्तरविरोधको विद्यमान अवस्थालाई स्पष्ट संकेत गरिरहेको छ । पार्टीले आर्थिक, राजनैतिक र सांस्कृतिक दृष्टिले समग्रमा प्रधान अन्तरविरोधको व्यवस्थित अध्ययन गरी समुचित व्याख्या गर्न जरुरी छ ।’

कम्युनिष्ट पार्टीमा प्रधानअन्तरविरोधको निर्धारणलाई प्राथमिक महत्वको विषय मानिन्छ । एमाओवादी प्रधान अन्तरविरोधकै विषयमा अलमलमा परेकाले अहिलेको दस्ताबेजमा प्रचण्डले यो अस्पष्टतालाई हल गर्दै प्रधान अन्तरविरोध एवं प्रधान शत्रुको किटानी गर्नुपर्ने भएको छ ।

‘जनवादी क्रान्तिको कार्यभार’बारे

भृकुटीमण्डप दस्ताजेजमा प्रचण्डद्वारा उठाइएको अर्काे महत्वपूर्ण मुद्दा भनेको संविधानसभाबाटै संघीय गणतन्त्र लगायतका परिवर्तनका मुद्दा संस्थागत भएमा जनवादी क्रान्तिकै कार्यभारको आंशिक परिपूर्ति हुने भन्ने नयाँ विश्लेषण हो । प्रचण्डको यो विश्लेषणलाई वैद्यसमूहले संशोधनवाद भनेको छ ।

संविधानसभाबाटै जनवादी क्रान्तिको आंशिक कार्यभार पूरा भएपछि उत्पादक शक्तिको विकास गरेर एकैचोटि समाजवादी क्रान्तिको आधार तयार पार्न सकिन्छ भन्ने नयाँ विश्लेषण प्रचण्डले भृकुटीमण्डपमा अगाडि सार्नुभएको थियो । तर, संविधानबाट संघीयतालगायतका परिवर्तनका मुद्दालाई संस्थागत गरी जनवादी क्रान्तिको आंशिक कार्यभार पूरा भएपछि बाँकी कार्यभार कसरी पूरा गर्ने ? यसबारे प्रचण्डले भन्नुभएको छ -’बाँकी कार्यभार प्राप्त गर्न पार्टीका सामु नयाँ रणनीतिका साथ अगाडि बढ्ने ऐतिहासिक आवश्यकता खडा हुन आउँछ ।’ उहाँको थप भनाइ छ -’यस विषयमा अहिले नै विस्तृत चर्चा गरेर निश्कर्षमा पुग्न सम्भव छैन । तर, निकट भविश्यमा नै पार्टीले यसको जवाफ दिनैपर्ने भएकाले छिटै राष्ट्रिय महाधिवेशनको आयोजना गरी व्यापक जनवादको अभ्याससहित निश्कर्षमा पुग्नैपर्छ ।’

अब प्रचण्डले महाधिवेशनका लागि तयार पार्ने दस्तावेजमा क्रान्तिको बाँकी कार्यभार कसरी पूरा गर्ने भन्नेबारे ठोस योजना ल्याउनै पर्ने भएको छ । यसका लागि भृकुटीमण्डपले चारवटा विषय उठान गरेको छ-

पहिलो, राष्ट्र र जनताको आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने, यसका लागि सरकारबाट र सहकारी अधियानबाट पुजीँवादी उत्पादकत्व बढाउने ।

दोस्रो, यो पुजिँवादी उत्पादकत्व वृद्धिसँगै राजनीतिक पहलका दृष्टिले समाजवादी क्रान्तिको तयारी गर्ने नयाँ रणनीतिसँग यसलाई जोड्ने ।

तेस्रो, रोजगारी सृष्टि गर्ने, गाउँ-गाउँ र जिल्ला-जिल्लामा विशेष सहकारी अभियान चलाउने ।

र, चौथो, विशुद्ध आर्थिक विकासको मात्रै कुरा गर्दा संशोधनवादतिर जाने भएकाले जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको आरम्भमा जनताको विद्रोहात्मक बल प्रयोगमा जोड दिने ।

कुनै शहरमा खुलेनन् सहकारी

भृकुटीमण्डप विस्तारित बैठकले समाजवादी क्रान्तिको आधार तयार पार्ने भन्दै आर्थिक उत्पादन तथा सहकारी आन्दोलनको कार्यक्रमसमेत बनाएको थियो । यसअन्तर्गत नेपालगञ्ज, दाङ्ग, धनगढी, पोखरा, काठमाडौं, बिराटनगर, बुटवल, वीरगञ्ज र जनकपुरमा बहुउद्देश्यीय सहकारी खोल्ने र पार्टी ब्यूरोले त्यसलाई सञ्चालन गर्ने बताइएको थियो । हरेक जिल्ला तथा राज्य समितिले एक-एकवटा बहुउद्देश्यीय सहकारी खोल्ने र गाविसहरुमा सहकारीमार्फत पकेट कार्यक्रम चलाउने भनिएको थियो । केन्द्रीय समितिका सबै सदस्यहरु सहकारीको सदस्य बन्नुपर्ने अनिवार्य व्यवस्थासमेत भृकुटीमण्डप विस्तारित बैठकले गरेको थियो । सहकारीको प्रचार-प्रसारका लागि संास्कृतिक टोलीहरु बनाउने भनिएको थियो । तर, एमाओवादीले भनेका यस्ता पार्टी नेतृत्वका सहकारीहरु कुनै पनि शहरमा खुलेका छैनन् ।

के एकीकृत माओवादीको यस्तो सहकारी अभियानले उसले भनेको जस्तो ‘क्रान्तिको बाँकी कार्यभार’ पूरा गर्ला ? यसको जवाफका लागि भने प्रचण्डले ठेचोमा लेख्नुभएको नयाँ दस्तावेज एकपटक पढ्नैपर्ने हुन्छ ।

झगडा मिलाउने अर्को चुनौती

एमाओवादी अध्यक्ष प्रचण्ड सामु एकातिर राजनीतिक कार्यदिशा र बाटो तय गर्नुपर्ने चुनौती छ भने अर्कातिर लडाकूको हिसाब सम्बनधी विवाद, नेताहरुको सम्पत्ति छानविनसम्बनधी अमिक शेरचन आयोगको प्रतिवेदन कार्यान्वयन एवं नेतृत्वसम्बन्धी विवादहरुको समाधान गर्नुपर्ने दायित्व पनि उत्तिकै रहेको छ । भृकुटीमण्डमा प्रस्तुत दस्तावेजमा बाबुराम पक्षले फरक मत व्यक्त नगरे पनि कुर्सी हानाहानसम्मको घटना भएको थियो । त्यस्तै भारतलाई हेर्ने विषयलाई लिएर त्यसबेला उपाध्यक्ष नारायणकाजीले प्रचण्डको दस्तावेजमा असहमति जनाएको समाचारसमेत बाहिर आएको थियो । प्रचण्डले यस्ता विषयहरुलाई कसरी मिलाउनुहोला ? यो पनि हेर्न बाँकी छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......