यो
वर्षको डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्ला खुब चल्यो । कतै पृथ्वी
ध्वस्तै हुने हो की भनेर मान्छे डराए पनि । तर आखिर हल्ला हल्लामै सिमित
भयो, पृथ्वी ध्वस्त भएन र हामी सबै सकुसलै रह्यौँ ।
सन् २०१२ को डिसेम्बर २१ मा त पृथ्वी
ध्वस्त भएन । यो तिथिमा प्रलय हुन्छ भनेर ठोकुवा गर्नेहरुले किन भएन ?
भन्ने कुराको जवाफ अझै दिएका छैनन् । तर एक थरीले भने पृथ्वी ध्वस्त हुने
अर्को तिथी तोकिसकेका छन् । उनीहरुका अनुसार सन् २०१७ को जनवरी १ का दिन
पृथ्वी ध्वस्त हुनेछ ।
सोर्ड अफ गड ब्रदरहूड नामको एक समूहले सन्
२०१७ को पहिलो दिन पृथ्वीमा प्रलय हुने र सबै ध्वस्त हुने दाबी गरेको छ ।
सो दिन पृथ्वी ध्वस्त हुने भन्ने कुरा भगवानले नै भनेका उनीहरुको दाबी छ ।
हल्ला गर्नेहरुले फेरि अर्को बहाना पाएका छन त्रास फैलाउन ।
यद्यपि यो दाबीको वैज्ञानिक आधार भने छैन ।
वैज्ञानिकहरुका अनुसार सन् ४ अर्ब ५० करोड सालमा सूर्यमा भएको उर्जा सकिएर
यसको आकार फैलिनेछ र यसले पृथ्वी लगायत सबै ग्रहलाई निल्नेछ । सो तिथी नै
पृथ्वी लगायत सौर्य मण्डलका सबै ग्रहको अन्त्यको दिन रहेको वैज्ञानिकहरुको
अनुमान छ ।

