उनी उमेरले नेपाल शान्ति माविका सबैभन्दा
कान्छा शिक्षक हुन् । तर, आफूमा सही नेतृत्व गर्ने सबैभन्दा
ठूलो क्षमता
रहेको प्रमाणित गरिरहेका छन् उनी ।
पाण्डे बर्षले अहिले २६ बर्षमा टेकेका छन्
। उनी ०६५ मंसिरदेखि अर्थात २२ बर्षको उमेरमा नै नवलपरासी जिल्लाको नेपाल
शान्ति माध्यमिक विद्यालय देउरालीका हेडमास्टर बन्न सफल भए । २६ बर्षका
पाण्डे सो विद्यालयका १४ शिक्षक र २ कर्मचारीमध्ये कान्छा शिक्षक होइनन्,
त्यो क्षेत्रकै कम उमेरका हेडमास्टर मानिन्छन् ।
उनको कार्यशैलीलाई शिक्षक, कर्मचारी सवैले
मन पराएका छन् । ०६२ जेठदेखि निजी स्रोतमा शिक्षक नियुक्ति भएका पाण्डे
युवा जोस जाँगरका साथ काम गर्न लागि परेको खबर नयाँ पत्रिकाले छापेको छ ।
