नेपाल र भारतमा अहिले बलात्कार काण्ड खुबै
चर्किरहेको छ । बलात्कारीलाई कडा सजायँ गर्नुपर्ने माग उठिरहेको छ । यहीँ
बेलामा स्वाजिल्याण्ड भन्ने देशका राजाले भने बलात्कार रोक्न भन्दै अचम्म
लाग्दो नयाँ कानून पारित गरेका छन् ।
उक्त कानून अनुसार अब त्यस देशका
महिलाहरुले मिनी स्कर्ट तथा अरु छोटा वस्त्र लगाउन पाउने छैनन् । र यो
कानूनको उल्लंघन गर्नेलाई ६ महिनासम्मको जेल सजाय हुनेछ ।
तरुनीहरुले मिनिस्कर्ट लगायतका छोटा कपडा
लगाउँदा बलात्कारका घटना बढेको दाबी त्यहाँका राजाको छ । विडम्बनाको कुरा त
के भने आफ्नो दैनिक जिवनमा मिनीस्कर्ट लगाउन युवतीहरुलाई प्रतिबन्ध
लागेपनि राजाको लागि देखाइने अर्धनग्न नाचमा भने मज्जाले मिनीस्कर्ट र छोटा
कपडा लगाउन पाइनेछ । स्मरण रहोस् स्वाजिल्याण्डमा वर्षेनी राजाको लागि
देशभरका युवतीहरुले दरबार अगाडि जम्मा भएर टपलेस नाच देखाउने परम्परा छ ।
छातिको भाग सबै छोप्ने तल्लो भागमा
पिँडौलासम्म ढाकिने कपडा अब युवतीहरुले लगाउनुपर्नेछ । स्मरण रहोस्
युवतीहरुलाई मिनीस्कर्ट लगाउन नपाउने कानून बनाउने स्वाजिल्याण्डका राजाले
१३ वटी स्वास्नी जम्मा गरेका छन् । स्वाजिल्याण्डका दुइ तिहाइ युवती यौन
उत्पिडनको सिकार हुने गरेका बताइएको छ

