असुरक्षा बढेको भन्दै डेरा छोडे पारसले

५ पुस, क्वालालम्पुर । थाइल्याण्डको राजधानी बैंककमा बस्दै आएका पूर्वयुवरा पारस शाह केही दिनयता असुरक्षा बढेको भन्दै आफू बस्दै आएको डेरा छाडी त्यहाँस्थित नेपाली व्यवसायीकहा बसेका छन् । केही समयअघि फुकेटस्थित एक होटलमा लागूऔषधसहित भेटिएका र तारेखमा धाइरहेका उनी असुरक्षा बढेको भन्दै करिब सातायता नेपाली व्यवसायी सुनील खड्काकहाँ बस्दै आएका हुन् । खड्का पर्यटन व्यवसायी हुन् ।
शाहले आफबारे त्यहाँका धेरैलाई थाहा भएपछि खतरा बढेको भन्दै खड्काकै
निवासमा बस्न थालेका हुन् । ‘म तपाईहरुसँगै बस्छु भनेर इच्छा राख्नुभयो । त्यसपछि लगभग १ हप्तादेखि हामीकहाँ बस्दै आउनुभएको छ,’ खड्काले भने ।
असुरक्षा निकै बढेकाले उनलाई सहयोग गरेको खड्काले बताए । ‘कुनै तेस्रो मुलुकमा आएरु दुःखमा परेका जो कोही नेपालीलाई उद्धार गर्नु नै हाम्रो धर्म हो । त्यसैले उहाँलाई पनि उद्धार संरक्षण गरेका हौ,’ गैरआवसीय नेपाली संघ थाइल्याण्डका सचिवसमेत रहेका खड्काले भने कान्तिपुरमा खबर छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......