एजेन्सी, मंसिर २९ । पपस्टार ब्रिट्नी
स्पेयर्स सन् २०१२ कै सबैभन्दा बढी कमाई गर्ने गायिका बनेकी छिन् ।
अमेरिकी पत्रिका फोब्र्सले ब्रिट्नी यसवर्षकै अधिक कमाई गर्ने गायिका भएको
जनाएको छ ।
अमेरिकी पपस्टार ब्रिट्नी विश्वभरमा चर्चित छिन् । ब्रिट्नीको कन्सर्टहरुमा लाखौं मानिसको भीड जुट्ने गर्छ । समाचारका अनुसार ब्रिट्नीले यसवर्ष कुनै नयाँ एल्बम बजारमा ल्याइनन् न त ब्रिट्नीले यसवर्ष
कुनै कन्सर्ट नै गरिन् । तर, पनि ब्रिट्नीले सन् २०१२ मा ५.८ करोड डलर कमाई
गरेकी छिन् ।अमेरिकी पपस्टार ब्रिट्नी विश्वभरमा चर्चित छिन् । ब्रिट्नीको कन्सर्टहरुमा लाखौं मानिसको भीड जुट्ने गर्छ । समाचारका अनुसार ब्रिट्नीले यसवर्ष कुनै नयाँ एल्बम बजारमा ल्याइनन् न त ब्रिट्नीले यसवर्ष
जसको कारण भने उनको पछिल्लो वर्षको फेटल टुर भएको बताइएको छ । फेटेल टुरबाट उनले ६.८७ करोड डलर कमाई गरेकी जनाइएको छ । विश्वमा ब्रिट्नीका गायिकीको प्रशंसक त अनगिन्ती छन् नै त्यस्तै उनको रुपलाई मन पराउने पनि थुप्रै छन् ।
बिट्नीले यसअघि २ पटक विवाह गरिसकेकी छिन् । उनको पहिलो विवाह बालापनको साथी ज्यासन अलेक्जेन्डरसँग भएको थियो । जुन ५५ घण्टा टिकेको थियो । त्यस्तै ब्रिट्नीले दोस्रो विवाह डान्सर केभिन फेडरलिनसँग गरेकी थिइन् । जुन २ वर्ष टिकेको जनाइएको छ ।
