नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले
शनिबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले भन्नुभयो-’आफूलाई मन पर्दा
भगवान्भन्दा पनि बढ्ता मान्ने नेताहरू मन नपर्ने बित्तिकै उसलाई राक्षसका
रुपमा रुपान्तरण गर्न
उद्दत हुन्छन् ।’ नेपालको कम्युनिस्ट आन्दोलन सफलतामा
पुगे पनि त्यसलाई संस्थागत गर्न नसक्दा चाहेजति सफलता प्राप्त गर्न नसकेको
भन्दै उहाँले जनतालाई अधिकार सम्पन्न गराउने अभियानलाई सफल बनाउन
कम्युनिस्ट आन्दोलनलाई पनि सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
दर्जनौं कम्युनिस्ट पार्टी भएपनि
नकारात्मक सोचका कारण एक हुन नसकेको तीतो यथार्थ रहेको भन्दै उहाँले सबै
कम्युनिस्ट पार्टीले यसबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताउनु
भयो ।
एमाओवादी अध्यक्ष प्रचण्डले जनताको
आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न परिवर्तनकामी शक्तिहरू
जुट्नुपर्ने खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो-’परिवर्तनको
प्रवाहलाई नयाँ उचाईमा उठाउन सफल परिवर्तनकामी शक्तिहरूले त्यसलाई संस्थागत
गर्न नसकेकै कारण पटक पटक जनताले धोका पाएका हुन्, फेरि पनि त्यही अवस्था
नआउाला भन्न सकिँदैन । त्यसकारण बेलैमा सचेत हुनु आवश्यक छ ।”
उहाँले दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रचण्डले एमाओवादीका नेता
कानुन व्यवसायी खिमलाल देवकोटाले लेख्नुभएको ‘नेपालमा जनयुद्धको एक दशक’,
नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका महासचिव कुलानन्द गिरीले लेख्नुभएको
‘महासमरका यात्री’ र ‘प्रचण्डका सपना’लगायत पुस्तकको लोकार्पण गर्नुभएको
थियो ।
