१४ पुस, काठमाण्डौ । नेपाली काँग्रेसका नेता चक्र बाँस्तोलालाई हृदयघात
भएको छ । पूर्व परराष्ट्रमन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत समेत
रहेका बाँस्तोलालाई शनिवार अपरान्ह १२ बजेतिर हृदयघात भएको हो । बाँस्तोलालाई झापाको विर्तामोड बजारमा रहेको निजी निवासमा हृदयघात भएको हो ।
हृदयघात हुनासाथ धरानको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका बाँस्तोलालाई थप उपचारका लागि भारत लैजान सल्लाह दिएपछि उपचारका लागि भारतको सिलगुढी लगिएको पारिवारिक स्रोतले जनाएको छ ।
हेलिकोप्टरमा काठमाण्डौ ल्याउने तयारी भएपनि हवाई यात्रामा बाँस्तोलाको स्वास्थ्यमा असर पर्ने भएकाले भारतको सिलगुढी लगिएको हो ।