बैंकमा खाता खोल्न अन्तवार्ता दिनुपर्ने !

३ पुस, काठमाण्डौं । राष्ट्र बैंकले ग्राहकको पूर्ण पहिचानसहित परिवारका सबै सदस्यहरुको नागरिकतालगायत कागजात पेस गर्नुपर्ने व्यवस्था गरेपछि बैंक खाता खोल्न झन्झटिलो भएको छ ।

राष्ट्र बैंकले एक साताअघि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्ने भन्दै खाता खोल्ने प्रक्रियालाई झन्झटिलो बनाएको हो ।

नयाँ व्यवस्थाअनुसार खाता खोल्न पतिपत्नी, बाबुआमा, बाजेबज्यै, छोराछोरी र बुहारीको नागरिकता नम्बर, जारी गरेको कार्यालय र जारी मितिसमेत उल्लेख गर्नुपर्ने हुन्छ । रोजगारीमा रहेका भए संस्थाको नाम, ठेगाना, पद र अनुमानित वाषिर्क आम्दानीसमेत उल्लेख गरेपछिमात्र खाता खेाल्न पाइन्छ ।

बैंकले आवश्यक ठाने अन्तवार्तासमेत लिन पाउने व्यवस्था गरिएको छ । व्यवसाय सञ्चालन गरिरहेकाहरुले स्थायी लेखा नम्बरका साथै अनिवार्य रुपमा वाषिर्क कारोबार हुने अनुमानित रकमसमेत उल्लेख गर्नुपर्छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......