बलिउडमा सेकेण्ड ह्याण्ड पुरुषहरुलाई
जिवनसाथी रोज्ने अभिनेत्रीहरुको कमी छैन । केही समयअघि करीना कपूरले
विवाहित सैफ अली खानसँग बिहे गरेर यो सूचिमा नाम लेखाएकी थिइन् । करीना
सैफकी दोश्री दुलही बन्न गएकी थिइन् । तर अब करीनालाई एक कदम पछाडि पार्दै
अर्की हट अभिनेत्री विद्या बालन तेश्री दुलही बन्ने भएकी छिन् ।
उलाला गर्ल विद्या बालन आफ्ना प्रेमी
सिद्धार्थ राय कपूरसँग लगनगाँठो कस्दै डिसेम्बर १४ मा सिद्धार्थकी तेश्री
दुलही बन्न पुग्नेछिन् । फिल्म निर्माता कपूर र विद्याबीच लामो समयदेखि
इलुइलु चलिरहेको थियो ।
जिवनमा पहिलोचोटी बिहे गर्न लागेकी विद्या
सिद्धार्थकी तेश्री दुलही बन्न जानुलाई कतिपयले आश्चर्यको रुपमा लिएका छन्
। तर के गर्नु आखिर प्रेममा फसेपछि ?
विद्यालाई तेश्रो दुलही बनाउन लागेका
सिद्धार्थले पहिलो विवाह आफ्नी बाल्यकालदेखिकै साथीसँग गरेका थिए तर त्यो
धेरै समय टिकेन । टेलिभिजन कार्यक्रम निर्मातासँगको दोश्रो विवाह पनि उस्तै
असफल रह्यो । अन्ततः विद्यासँग पिरती गाँस्न पुगेका सिद्धार्थले विद्यालाई
आफ्नो बाहुपासमा राख्न कत्तिको सक्ने हुन् ? त्यो भने हेर्न बाँकी छ ।

