छुरा प्रहारबाट युवकको मृत्यु

विजयसिँह भारती
 पुस, प्यूठान । छुरा प्रहारबाट प्यूठानमा गएराति एक युवाको मृत्यु भएको छ । प्यूठानको पुजालिवासे इलाका प्रहरी कार्यालयदेखि करिव दुई सय मिटर नजिक भएको छुरा प्रहारबाट प्यूठान खुङ-४ निवासी २३ वर्षका विज्ञान के.सी.को मृत्यु भएको हो । मोटरसाइकलमा सवार के.सी. छुराप्रहारबाट घाइते भएपछि जिल्ला
अस्पताल विजुवार लैजाँदै गर्दा बाटैमा मृत्यु भएको स्थानीय हेरम शर्माले जानकारी दिनुभयो ।
मोटरसाकलमा सवार अर्का एक युवा रमेश मल्ल गम्भिर घाइते भएका छन् । घटनाको कारण खुल्न सकेको छैन् । चक्कुसहित दुई युवालाई स्थानीयको सहयोगमा पक्राउ गरिएको घाइते रमेश मल्लले जानकारी दिनुभयो । प्यूठान लिवाङ ६ का शंकर वि.क. र सोहि ठाँउका शिव वि.क.लाई प्रहरीले पक्राउ गरी जिल्ला कार्यालय खलंगा पठाएको छ । घटनाको अनुसन्धान भैरहेको घटनास्थलमा खटिएका प्रहरी निरिक्षक मित्रमन्धु शर्माले बताउनुभयो ।
 

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......