प्रधानमन्त्रीले पठाए कोइरालालाई सन्देश



९ पुस, काठमाडौं । प्रधानमन्त्र डिा बाबुारम भट्टराईले कांग्रेस सभापति शुसील कोइरालाई सहमतिको प्रस्तावसहित एक सन्देश पठाउनुभएको छ । कांग्रेसका दोस्रो पुस्ताका नेतामार्फत् भट्टराईले सोमबार उक्त सन्देश पठाउनुभएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले सार्वजनिक गर्नुभएको छ ।
कांग्रेस सभापति कोइरालाले साँच्चै सहमति चाहेको हो र बैसाखमा निर्वाचन गराउन चाहेको हो भने कोइराला आफूलाई गोलचक्करमा फसाउने आफू वरिपरिको सानो घेराबाट बाहिर निस्कनुपर्ने भन्दै प्रधानमन्त्रीले सन्देश पठाउनुभएको पाण्डेको भनाइ छ । कोइरालालाई पठाइएको भनिएको सहमति प्रस्तावमा वैशाखमा संविधानसभाको चुनाव गर्ने, संविधानमा निर्वाचनको निम्ति आवश्यक पर्ने संविधान संशोधनको निम्ति वाधा अड्काउ फुकाउने, निर्वाचन लगायतका संवैधानिक आयोगहरुमा नियुक्ति गर्ने, शान्तिप्रक्रियाका वांकि काम-सेना समायोजनमा दर्जा निर्धारण गर्ने, सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गर्ने लगायतका कुराहरुमा सहमति भैसकेपछि राष्ट्रिय सरकार दुइ चरणमा गठन गर्ने उल्लेख छ ।
त्यसैगरी पहिलो चरणमा अहिलेकै सरकारमा कांग्रेस-एमालेलगायतका सबै दलहरु सम्मिलित भई त्यसलाई राष्ट्रिय सरकार बनाउने र दोस्रो चरणमा निश्चित् सहमतिको अवधिपछि चुनावको वेलामा राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसलाई दिने प्रधानमन्त्रीले आफ्नो सन्देहमा प्रस्ताव गर्नुभएको बताइन्छ । यदि यसमा पनि सहमति नहुने हो भने मधेसी मोर्चा, साना दल वा अन्य कोही राजनीतिक पृष्ठभूमि भएका सवै राजनीतिक पार्टीहरुलाई मान्य हुने कोही स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतिको सरकार वनाएर निर्वाचनमा जाने आफ्नो पुरानै अडानलाई प्रधानमन्त्री भट्टराईले सन्देशका रुपमा कोइरालासमक्ष पठाउनुभएको बताइएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......