४ पुस, काठमाण्डौं । राष्ट्रिय
सहमतिका लागि आफुहरले ल्याउने अवधारणाका बारेमा छलफल गर्न संयुक्त
लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि बस्ने
बैठकमा मोर्चाले सरकारकामा स्पष्ट रुपले दाबी नगरे पनि सहमतिकालागि नेतृत्व
लिन पछि नहट्ने तयारीका साथ छलफल गर्ने तयारी गरेको सद्भावना पार्टीका
सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
प्रधानमन्त्री लागि छलफलमा आएका नाममा
सहमति भएन भने मोर्चाले साझा उम्मेद्वार दिने तयारी गरेको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस सभापति सुशील कोइरालालाई
सहमतिय सरकारको प्रधानमन्त्री बनाउनु अघि बर्तमान सरकारमा कांग्रेस एमाले
सहभागि हुनुपर्ने धारणा सार्वजानिक गरेपछि दलहरुका बीचमा हुनै लागेको सहमति
बिथोलिएको थियो । प्रधानमन्त्रीको भनाई प्रति मोर्चाले पनि समर्थन जनाएको छ
।
