ए डिभिजन लिग फुटबलमा पुलिस र एनआरटी बराबरी रोकिए

१४ पुस, काठमाण्डौ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । खेलको १० औँ मिनेटमा नै विदेशी खेलाडी सुलेमानले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । तर एनआरटीले त्यो अग्रतालाई ८ मिनेटपनि जोगाउन सकेन । पहिलो हाफकै १८ औँ मिनेटमा सुमन सुवेदीले गोल गर्दै पुलिसलाई एक-एकको वरावरीमा ल्याए ।
खेलमा खवै टोलीले गोलका केही सुन्दर मौका गुमाएका थिए । बरावरीसंगै एनआरटी १० खेलमा ४ जित, ४ वरावरी र २ हारसंगै १६ अंकका साथ लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एनआरटीसंग समान अंक भएपनि गोल अन्तरका आधारमा संकटा एकस्थान तल झरेको छ भने पुलिस ३ जित, ४ वरावरी र ३ हारसंगै १३ अंकका साथ आठौँ स्थानमै यथावत छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......