हलिउड अभिनेत्री लिंडसे लोहान पियक्कड
आइमाइ हुन् । उनले दिनमा दुइ लिटर सम्म रक्सी पिउँछिन् । उनको यस्तो
जँड्याहा बानीबाट उनका साथीहरु आजित छन् नै फ्यानहरु पनि दुखी छन्
रक्सीबाट छुटकारा पाउनका लागि उनलाई सुधार
गृहमा जान मित्रहरुले
सल्लाह तथा दबाब दिन थालेका छन् । तर लोहान भने
साथीहरुको यस्तो सल्लाह लत्याइरहेकी छिन् र आफुलाई सुधार गृहको आवश्यकता
नरहेको बताउँछिन् ।
लोहानमाथि अघिल्लो महिना न्युयोर्कको एक
नाइट क्लबमा ज्योतिषी टिफनी मिशेलमाथि हमला गरेको तथा जून महिनामा एक कार
दुर्घटनाका विषयमा पुलिससँग झुटो बोलेको आरोप लागेको थियो ।
समाचार अनुसार लोहान रक्सी लतमा पूरै
फसिसकेकी भएपनि उनी आफैलाई चाहीँ आफु कुलतमा फसेको जस्तो लाग्दो रहेनछ ।
आफुले हालै तिनवटा फिल्मको शुटिङ पूरा गरेको भन्दै उनले ‘रक्सीको लत भएको
भए कसरी यत्रो काम गर्न सक्थेँ ?’ भन्ने प्रश्न गर्ने गर्छिन् ।

