फोहोर फाल्ने ठाउँमा शिशुका कंकाल फेला परेपछि

baby-150x150बुटवल, पुस ५,  वुटवलमाफोहोर फाल्ने ठाउँमा गर्भपतन गराएरफालिएका शिशुका कंकालहरु फेला परेका छन्  । स्थानीय पुष्पलाल पार्क अगाडि फोहोर  फाल्ने ठाउँमा तीशिशुका कंकालहरु फेला परेको कुरा प्रहरीले बताएको छ ।
यी कंकालहरू कानुन अनुसार गर्भपतन गराउन मान्यता पाएका स्वास्थ्य संस्थाहरुमा संकलन भएको हुन सक्ने कुरा प्रहरीले जनाएको छ । ती कंकालहरू
हेर्दा  मानव अंगको विकास नभइ सकेकाको अर्थात अवधि नपुगेका शिशुको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यसरी सार्वजनिक ठाउँमा यस प्रकारका शिशुहरूको कंकाल फालिएको भेटिएपछि स्थानीय वासिन्दाहरू आतंकित बनेको बताइएको छ । ती फेला परेका कंकालहरूको पोष्टमार्टम गरिने कुरा बताइएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......