बिकाश न्यौपाने,डल्लास,टेक्सास - अमेरिकाको नेपाली समाज टेक्सास, डाल्लासले बिगत ७ वर्ष देखि स्कूल संचालन गरिरहेको
छ।अमेरिकाको नेपाली समाज टेक्सास, डाल्लासले
बिगत ७ वर्ष देखि नेपाली बाल-बालिकाहरुका लागि चलाउदै आएको स्कूल को यस
सेमेस्टर को आज अन्तिम दिन Grade Distribution तथा Semester End Party को
हालै अमेरिकाको पूर्वोत्तर प्रान्त कनेक्टीकट स्थित न्यू टाउनको स्याण्डी हुक एलिमेन्टरी स्कुलमा एक बन्दुकधारीले गोली चलाउँदा २० बालबालिकासहित 30 जनाको मृत्यु भएको घटना का मृतकहरुको आत्माको चीर शान्तिको कामना गरि एक मिनेट मौन धारण गरि कार्यक्रम शुरु गरिएको थियो। कार्यक्रममा समाजका महासचिब भुवन आचार्यले स्वागत गर्नुभएको थियो ।
सम्पूर्ण विधार्थीहरुलाई Grade
Distribution भने NST का पदाधिकारीहरु बिनय अर्याल, छबि चापागाईं, तारा
भुसाल, धनन्जय ढकाल, डा. मोहन अधिकारी, नेत्र पाण्डे, चन्द्रमणि पाण्डे तथा
भुवन आचार्य ले गर्नु भएको थियो। कार्यक्रम मा अर्को सेमेस्टर आगामी
January को तेस्रो हप्ता बाट सुरु हुने जानकारी दिइयो ।
