
अमेरिकी अभिनेत्री, गायिका तथा मोडेल हेदेन प्यानिटेर यो बेला दुखी
हुनुपर्ने हो । किनकी फुटबल खेलाडि प्रेमी स्कटी म्याकनाइट सँगको प्रेम
सम्बन्ध छुटेको खबर एक हप्ता अघि मात्र सार्वजनिक भएको थियो ।
विछोडको घडिमा दुखी अनुहार लगाउनुको साटो हेदेन भने सिंगल बनेसँगै झनै
फुर्तिली भएकी छिन् । आफ्नो यहीँ फूर्तिलाई प्रदर्शन गर्दै उनले हालै एक
पत्रिकाका लागि टू पिस पोज दिएकी छिन् ।
स्क्वाएर म्यागेजिनको जनवरी अंकका लागि उनले बिकिनी फोटोशूट गरेकी हुन् ।
हरियो र रातो टू पिसमा उनका छुट्टाछुट्टै पोज निकै सेक्सी देखिन्छन् ।

