३ दिनभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्छः कोइराला

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले राष्ट्रपतिले पछिल्लो पटक दिएको समयको बाँकी तीन दिनकै अवधीमा सहमतिको सरकार निर्माण हुने विश्वास ब्यक्त गर्नु भएको छ ।रिपोर्टर्स क्लबको साक्षात्कारमा कोइरालाले भन्नुभयो-’सबै दलहरुको सहमतिको चाहना मैले देखेको छु । पार्टी भित्र बढेको चिन्ताले पनि सहमति हुने सम्भावना बढेको छ । विहीबारसम्म सहमति हुन्छ । सरकारको नेतृत्वको
विषयमा काग्रेसले गर्ने विषय त पहिलानै सबैले स्विकारी सकेको विषय हो । त्यसमा हामीलाई आशंका छैन ।’
तेस्रो पक्षको नेतृत्वमा सहमति बन्ने सम्भावनालाई खारेज गर्दै उहाँले भन्नुभयो-’कांग्रेसको नेतृत्वमा निष्पक्ष निर्वाचन भएको इतिहास पनि छ । अर्को तर्फ एमालेले र माओवादीले दुई दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । त्यसैले पनि कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्नु पर्छ ।’
प्रधानमन्त्री डां बाबुराम भट्टराईले समेत सोमबार आफूसँग भेटेर आफू मार्ग प्रसस्त गर्न तयार रहेको बताएको भन्दै उहाँले सहमति हुने विश्वास ब्यक्त गर्नुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......