भाग्यमानी बेनेट लोटरीमा लोटरीमा खासै विश्वास नगरेपनि उनले झुक्किएर उक्त टिकट किनेको बेनेटका निकट साथीहरुले बताएका छन् ।
गेमको टिकट लिन गएका उनलाई पसलेले झुकिएर
लोटरीको टिकट दिएका थिए । भाग्यमानीको भूतै कमारो भने झै उनलाई सोही टिकटले
करोडपति बनाएको छ ।
उनी एक स्टोरमा ‘लकी फर लाइफ लोटरी गेम’
को टिकट किन्न गएका थिए । तर, उनको चिनोमा केही अरु नै लेखिएको रहेछ ।
पसलेले थाहै नपाई उनलाई उक्त टिकटको साटो ‘ट्री स्टेट मेगावक्स’को दुईवटा
टिकट दिएछन् । ती मध्ये एउटाले उनीमाथि अपार धनबर्षा गर्यो ।
भविष्यप्रति चिन्तित हुँदै आएकी उनकी
श्रीमती त यो खबरले पागल नै भएकी थिइन् । उनले यसपटक आफ्नो घरलाई क्रिसमसको
उपहारले सिंगारेकी छन् । एजेन्सीको सहयोगमा ।
