एनटिभीको अध्यक्षमा अग्रवाल
१२ पुस, काठमाण्डौं । सरकाले गाउँ विकास समितिको कामलाई प्रभाकाकरी वनाउन गाविस सचिवहरुलाई मासिक १५ सय रुपैयाँ भत्ता दिने भएको छ । विहीवार मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको नियमित बैठकले तोकिएको कार्यक्षेत्रमा गई काम गर्ने गाविस सचिवहरुलाई थप १५ सय रुपैयाँ दिने निर्णय गरेको हो । वैठकले प्रधानसेनापति गौरवशम्सेर राणाको भारत भ्रमण स्वीकृत गरेको छ ।
बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा
सीताराम अग्रवाललाई नियुक्त गरेको मन्त्री ढकालले वताउनुभयो । वैठकले
रौतहटमा प्रहरीमाथि आक्रमण गर्दा ज्यान गुमाएका रमोद शाहका परिवारलाई
राह्रत स्वरुप ५ लाख दिने निर्णय गरेको सहकारी मन्त्री एकनाथ ढकालले
जानकारी दिनुभयो । यस्तै वैठकले केहीदिन अघि साउदीवाट स्वदेश फर्किदा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लुटिएकी महिलालाई खान र बस्नका लागि
५० हजार रुपैयाँ दिने निर्णय नि गरेको छ ।
यसैगरी राष्ट्रिय मदरशा शिक्षा व्यवस्था
परिषदको अध्यक्षमा मंसुर अहमदलाई नियुक्त गरेको छ । वैठकले गरिवी निवारण
कोषका उपाध्यक्ष जनकराज जोशीले दिएको राजीनामा स्वीकृत गरेको छ ।
