अर्को थप्पडको तयारीमा पूर्वलडाकु


काठमाडौ, पुस ८  । वर्गसंघर्षको नारा दिएर दश वर्षसम्म गरिब नेपालीलाई युद्धमा होमेको माओवादीले सत्तामा आएपछि आफ्नै सुरक्षामा खटिएका लडाकुलाई समेत बेवस्ता गरेपछि आफ्नै लडाकुले पार्टी नेतृत्वविरुद्ध आन्दोलन चर्काएका छन्।
सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएलगत्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्व सरकारको पालामा सरकारको जिम्मामा रहेका लडाकुमध्ये तीन हजार चार सय लडाकु अयोग्य घोषित भएपछि माओवादीले उनीहरुलाई सडकमै छोडेर सत्ताको स्वाद चाख्न थालेको पूर्व लडाकुहरुको आरोप छ। बर्हिगमन लगत्तै सरकारले दिएको रकम समेत लडाकुका नेताले भ्रष्टाचार गरेपछि आक्रोशित बनेका अयोग्य लडाकुहरु अब पेरिसडााडामा मात्र नभई आफ्नो भविश्य डामाडोल पारेको भन्दै पार्टी नेतृत्वसँग अन्तिम लडाइँको तयारीमा रहेको बताइरहेका छन्।
अख्तियारको चासो
माओवादी लडाकु समायोजनको प्रक्रियामा आएपछि अयोग्य लडाकुका नाममा सरकारी कोषबाट हालसम्म प्रतिव्यक्ति चार लाख ५० हजार खर्च भएको तथ्यांक छ। माओवादीका सातवटै शिविरमा रहेका अयोग्य लडाकुका लागि यति मोटो रकम खर्च भएको भनिए पनि अयोग्य लडाकुले भने रकम नपाएको बताएका छन्।
सातवटा शिविरमध्ये दुईवटामा केही रकम बाँडिए पनि पााचवटा शिविरका लडाकुले भने एक रुपैयाँ पनि नपाएकोे पूर्व लडाकुहरुको आन्दोलन संयोजन गरिरहेका लेनिन विष्ट भन्छन्। उनका अनुसार दुईवटा डिभिजनका अयोग्यलाई दुई महिना सिलाइकटाई तालिम दिनेबाहेक सबै रकम पार्टीका शीर्ष नेताको खल्तीमा गएको छ।
आन्दोलनमा उत्रिएका सातसय अयोग्य लडाकु अहिले एमाओवादी मुख्यालय पेरिसडाँडामा धर्ना दिएर बसेका छन्। पार्टीले अयोग्यको भविष्यका लागि ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिए पनि पार्टीले वास्ता नगरेपछि विष्टकै सक्रियतामा अयोग्यको रकम हिनामिना काण्ड अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ। तीन हजार चार सय अयोग्य लडाकुलाई दिइएको भनिएको रकम पार्टी अध्यक्ष प्रचण्डकै मिलेमतोमा घोटला भएकोले कारवाही हुनुपर्ने दावीसहित अख्तियार पुगेका लडाकुलाई अहिले पेरिसडाँडामा पानी समेत पिउन नदिइ राखिएको धर्ना बस्न रोल्पाबाट आएकी तुलसी महतारा बताउाछिन्।
त्यसो त अयोग्य लडाकुलाई व्यवस्थापन गर्न भन्दै एमाओवादीले प्रतिलडाकु एक लाख रुपैयाँ दिने सार्वजनिक घोषणा नै गरेको थियो। पार्टीले घोषणा गरेको रकमसमेत उनीहरुले अहिलेसम्म पाएका छैनन्। पार्टीले दिने भनेको रकम समेत नपाएको गुनासो लिएर अख्तियार पुगेका लडाकुको उजुरी दर्तामा समेत आलटाल भएपछि उनीहरु यतिवेला शीर्ष नेताहरुविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने निष्कर्षमा पुगेका छन्।
लडाकुलाई दिइएको रकम पार्टी नेतृत्ववाटै हिनामिना भएको भन्दै वैद्य नेतृत्वको नेकपा–माओवादीले समेत अख्तियारमा उजुरी दिएपछि त्यसबाट बच्न माओवादीले अख्तियारमा आफूनिकटका कर्मचारी सरुवा गराएर उजुरी गुपचुप पार्न खोजेकोमा समेत अयोग्य लडाकु आक्रोशित बनेका छन्।
नेतृत्व सिध्याउने धम्की
माओवादी नेतृत्वको सरकारले काखमा बच्चा च्यापेर आफ्नै पाटीविरुद्ध संघर्षमा उत्रिएकालाई राहतको सट्टा अनमिनद्वारा बहिर्गमित भएको सरकारी परिचय पत्र दिने तयारी थालेको छ। एकसता अघि बसेको मन्त्रिपरिषदको बैठकले असन्तुष्ट लडाकुलाई फकाउन अयोग्यको सट्टा बहिर्गमित लडाकुको नामबाट सम्बोधन गर्ने निर्णय गरेलगत्तै शान्ति तथा पुनर्निर्माण मन्त्रालयको एउटा टोली अयोग्य लडाुक धर्ना बसेको स्थानमै फोटो खिच्न पुगेको छ। फोटो खिच्न गएका कर्मचारीप्रति अयोग्य लडाकुले आक्रोश व्यक्त गरेपछि माओवादीले वहिर्गमितलाई तह लगाउन पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज  पाण्डेलाई जिम्मा दिएको छ। पार्टी अध्यक्षबाटै पेल्ने निर्देशन आएलगत्तै पाण्डेले शनिवारबाट धर्नामा बसेका लडाकुलाई पानी पिउन दिनसमेत बन्द गरेको संयोजक विष्ट बताउँछन्।
पानीसमेत खान नदिएकोमा आक्रोशित लडाकुले भने युद्धका बेला प्रचण्ड र एमाओवादी शीर्ष नेताबाट भएका अत्याचारका फेहरिस्त तयार परिरहेका छन्। उनीहरु पार्टी नेतृत्वले आफ्ना माग सुनुवाइ नगरे पत्रकार सम्मेलन नै गरेर पार्टी नेतृत्वले युद्धकालमा आफूहरुप्रति गरेका गद्दारी सार्वजनिक गर्ने योजनामा छन्।
अयोग्य लडाकुहरु माओवादीले विभिन्न व्यक्तिलाई सरकारी नियुक्ति गर्दा लिएको मोटो रकम र लडाकुका नाममा रकम खाने नेताको नाम सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको स्रोतको दावी छ। स्रोतका अनुसार ‘दुःखमा प्रयोग गर्ने र सरकारमा पुगेपछि बेवास्ता गर्ने’ पार्टी नीति रहेको भन्दै त्यसविरुद्ध पार्टी नेतृत्वमाथि  भृकुटीमण्डपको चियापानमा भएको थप्पड प्रकरणभन्दा गतिलो कारवाहीको तयारीमा अयोग्य लडाकु जुटिरहेका छन्।
अयोग्यका नाममा पार्टीभित्रै फुट
अयोग्य लडाकुको रकम हिनामिना प्रकरणवाट बच्न एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले रकम निकाशा नगरेकोे भन्दै लडाकु व्यवस्थापनमा भट्टराई बाधक भएको बताउन थालेपछि केन्द्रीय सदस्यहरुबीच नै हल्लीखल्ली मच्चिएको छ।
अध्यक्षको शव्दजालमा परेका केही सोझा एमाओवादी मजदुर नेताले त आइतवार नै पार्टी छोडेर वैद्य नेतृत्वको नेकपा–माओवादीमा प्रवेश गरेको औपचारिक घोषणा नै गरेका छन्। प्रधानमन्त्री भट्टराई पक्षधर भनेर चिनिने नेताले पार्टी छाडे अयोग्यलाई फकाउन सजिलो हुने देखेर आफ्नै नेतामाथि खेलेका प्रचण्डको रिस फेर्न बाबुरामले भने हेटौडामा गर्ने भनिएको महाधिवेशनमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठमार्फत प्रचण्ड र उनीपक्षीय नेताको भण्डाफोर गर्ने भित्री योजना बनाइरहेको भट्टराई निकटस्थ स्रोतको दावी छ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......