२ पुस, धनुषा । राष्ट्रिय प्रजातन्त्र
पार्टी नेपालले हिन्दूराष्ट्र कायम गर्न माग गर्दै आजदेखि रथयात्रा गर्ने
भएको छ । जनपुरको जनकपुधामबाट सुरु हुने रथयात्रा लिम्बुनी, विध्यवासीनी
हुँदै काठमाण्डुको पशुपतिनाथ मन्दिरसम्म आइपुग्ने राप्रपा नेपालले जनाएको छ
।
जनकपुरमा आइतबार भउको यज्ञ समापनपछि
त्यहीबाट आज मध्यान्ह १२ बजेदेखि रथ यात्रा सुरु हुनेछ । १८ जिल्लालाई
समेट्दै ११ दिनमा पुरा हुने यात्रामा प्रत्येक दिन कम्तिमा २ हजार मानिसको
सहभागिता रहनेछ । जसमा विभिन्न धर्मावलम्बीहरुका धर्मगुरु र अनुयायीहरु पनि
सहभागी हुने आयोजकको दाबी छ ।
रथयात्राका क्रममा सबै जातीलाई मन्दिर
प्रवेशमा समानता, भेदभावको अन्त्य, बालबालिका तथा लैंगिंक समानताको रक्षा
जस्ता कुराहरुलाई विशेष जोड दिइने राप्रपा नेपालका अध्यक्ष कमल थापाले
जानकारी दिनुभयो । नेपाललाई राजनीतिक घोषणाले धर्मनिरेपेक्ष बनाइएको भन्दै
उहाँले त्यसलाई उल्टाएर हिन्दुधर्म सापेक्ष बनाउन राजनीतिक अभियान आवश्यक
रहेको थापाको भनाई छ ।
