भारतले थप ४० देखि ५५ मेगावाट बिजुली दिने

१२ पुस, काठमाण्डौं । राष्ट्रपति डा. रामवरण यादवको भ्रमणका क्रममा भारतले नेपाललाई थप बिजुली निर्यात गर्ने प्रतिबद्धता जनाएको छ । ६ दिने भारत भ्रमणका क्रममा सोमबार लखनउ हुँदै बुधबार राजधानी नयाँदिल्ली पुगेका राष्ट्रपति यादबलाई भारतीइ पक्षले थप विद्युतका लागि गि्रडको क्षमता बढाएर लामो समयका लागि विद्युत सहयोग गर्ने बताएको हो ।
नेपालमा अहिले भारतले ११५ मेगावाट विद्युत आयात गरिरहेको छ । अहिले ४० देखि ५५ मेगावाट विद्युत दिन गि्रडको क्षमता विस्तार
भइरहेको भन्दै भारतीय विदेशमन्त्री सलमान खुर्सिदले गि्रड क्षमता थपेर मध्यकालसम्मका लागि विद्युत दिने प्रतिबद्धता व्यक्त गरेको खबर कारोबार दैनिकले छापेको छ ।
नेपालले भारतबाट १८० मेगावाटसम्म विद्युत आयात गर्न पहल गरिरहेको छ । कटैयाँ-कुसाहा १२५ केभिए प्रसारण लाइन निर्माण भएको भए थप ७० मेगावाट विद्युत भारतबाट आयात गर्न सहज हुन्थ्यो । प्रसारण लाइन निर्माण हुन नसकेको अवस्थामा पनि भारतले अहिले आपूर्ति भइरहेको गि्रडको क्षमता विस्तार गरी बिजुली दिन लागेको हो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......