सरस्वतीको शव पुनः परीक्षण हुने

१७ पुस, काठमाण्डौं । काठमाण्डौंको अनामनगर स्थित एक घरमा मृत अवस्था फेला परेकी सरस्वती सुवेदीको शव पुनः परीक्षणको तयारी सुरु भएको छ ।
प्रधानमन्त्रीले गठन गठन गर्नुभएको टोलीले चिकित्सकहरुको व्यवस्थाको लागि सोमबार पहल गरेको र आज शवको पुनः परीक्षण हुन सक्ने टोलीमा सहभागी राष्ट्रिय महिला आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो ।

त्यस्तै पछिल्लो समयमा सार्वजनिक भएका महिला हिंसाको अनुगमन गर्न गठित समितिले पनि काम शुरु गर्ने जनाएको छ । प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्ल संयोजक रहेको अनुगमन समितिले बारा, बर्दिया, दैलेख, त्रिभुवन विमानस्थललगायतका ठाउँमा भएका महिला हिंसाका घटनाको अध्ययन गर्ने जनाएको छ । सरकारले अधिकारकर्मीहरुसमेत रहेको संयुक्त अनुगमन टोली आइतबार गठन गरेको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......