बामपन्थी नेता प्रधानको निधन


९ पुस, काठमाण्डौं । पुराना बामपन्थी नेता गौरीभक्त प्रधानको गएराती निधन भएको छ । नेकपा एमालेका सल्लाहकार रहनुभएका उहाँको शब अन्तिम श्रद्धाञ्जलिका लागि अहिले एमाले पार्टी कार्यालय बल्खुमा राखिएको छ ।


प्रधान पुष्पला स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा एमाले नेतृ सहाना प्रधानका दाजु हुनुहुन्थ्यो । उहाँको आजै नेवारी संस्कार अनुसार अन्तिम संस्कार सम्पन्न गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......