९ पुस, काठमाडौं । म्यानचेष्टर युनाइटेडका
प्रशिक्षक एलेक्स फुर्गसनले आफ्नो स्टार स्ट्राइकर रोविन भानपर्सीलाई
मैदानमा नै मार्न खोजेको आरोप लगाएका छन् ।
आइतबार राति भएको खेलमा स्वान्सीका
डिफेण्डर एस्ले विलियम्सले हानेको बल भानपर्सीको टाउकोमा लागेपछि फर्गुनसले
यस्तो बताएका हुन् । खेलपछि उनले भनेका छन्–‘यो अन्त्यन्त खतरनाक आक्रमण
थियो, महिले बर्षौमा यस्तो देख्दैछु ।’
राविन भानपर्सी भाग्यले बाँचेको भन्दै उनले भने–‘विलियम्सलाई लामो समयको प्रतिवन्ध हुनुन्छ । रोविान ठूलो भाग्यले बाँचे ।’
यो खेलको ७५ औं मिनेटमा भएको हो ।
स्वान्सीका डियरले फल गरेर भानपर्सीलाई लडाएको बेला विलियम्सले हानेको बल
भानपर्सीको टाउकोको पछिल्लो भागमा लागेको थियो ।
विलियम्सले भने आफूले बल मात्र क्लियर
गर्न खोजेको बताएका छन् । रेफ्रीले उनलाई पहेँलो कार्ड दिएका थिए । खेल १–१
को बराबरीमा सकिएको छ ।

