खाडी जाने महिलाको संख्यामा कमी आएन्

७ पुस, काठमाण्डौं । सरकारले घरेलु कामदारका रुपमा खाडी मुलुकमा जान चाहने महिला कामदारको उमेर दलबन्दी लगाएको भए पनि ती मुलुकमा पुग्ने महिलाको संख्यामा कुनै कमी आएको छैन् ।
उमेरको हदका कारण विदेशी विमानस्थल प्रयोग गरेर जाने क्रम बढेको छ, तर स्वेदेशी विमानस्थलबाट पनि उमेरको हदभित्र नपरेका महिला
जाने गरेको पाईएको खबर गोरखापत्र दैनिकले छापेको छ ।
सरकारले गएको साउन महिनादेखि ३० बर्षभन्दा कम उमेरका महिला घरेलु कामदारका लागि खाडी मुलुक जानबाट प्रतिबन्ध लगाएको थियो । तर, गरिबी, अशिक्षा, बढ्दो बेरोजगारी र फितलो कानुनी व्यवस्थालगायतका कारण स्वदेशकै विमास्थल प्रयोग गरेर घरेलु कामदारका रुपमा कैयौं महिला खाडी मुलुक पुगेका छन् ।
गएको वैशाखदेखि मंसिरसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारका लागि खाडिमा गएका दुई हजार ७२ महिलामध्ये अधिकांश १८ देखि ३० बर्षभन्दा कम उमेका रहेका छन् । ति मध्ये ४० प्रतिशत घरेलु कामदारमा, २२ प्रतिशत उद्योग तथा कारखानामा, १६ प्रतिशत केयरटेकर र चार प्रतिशत अफिसियल कामका लागि खाडी मुलुक पुगेको एक अध्ययनले देखाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......