यस्तो छ न्यूजविकको अन्तिम अंक

८० वर्ष पूरानो अमेरिकी पत्रिका न्यूज विकले आफ्नो अन्तिम अंक प्रकाशन गरेको छ । अब न्यूज विकका पाठकले कागजी पत्रिका पढ्न पाउनेछैनन्, न्यूजविकका समाचार पढ्न अनलाइनको भर पर्नुपर्नेछ ।
न्यूजविकको अन्तिम संस्करणको कभर पेजमा ब्लाक एण्ड ह्वाइट तस्वीरमा म्यानहटनस्थित पत्रिकाको मुख्यालयको तस्वीर छ र त्यसको माथि लेखिएको छ- अन्तिम पि्रन्ट संस्करण

पत्रिकाका प्रधान सम्पादक टिना ब्राउनले न्यूजविकको अन्तिम अंकमा भनेकी छिन्, ‘न्यूज विकको अन्तिम संस्करण तपाइँको हातमा छ । अब अर्को हप्ता अर्थात् जनवरीको पहिलो हप्ता न्यूजविक तपाइँको आइप्याड, किन्डल तथा मोबाइलमा उपलब्ध हुनेछ । फेब्रुअरीबाट पूर्ण रुपमा विकशित डिजिटल न्यूजविक प्राप्त हुनेछ ।’
लगातारको घाटासँगै न्यूजविकले पि्रन्ट संस्करण बन्द गर्ने निर्णय गरेको हो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......