सम्पत्ति मुद्दामा चिनियाँ नागरिकलाई एक वर्ष कैद

१९ मंसिर, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चिनियाँ नागरिक ली जिउ लीनलाई दोषी ठहर गर्दै आज १ एक वर्ष कैद र २१ लाखभन्दा बढी जारिवानासहितको सजायँ सुनाएको छ ।
अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की, सदस्यद्धय न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले लीनले स्रोत नखुलेको २१ लाख २५ हजार आफूसंग राखी सम्पत्ति शुद्धीकरण (निवारण) ऐन, २०६४
को दफा ३ को कसूर गरेको ठहर गरेको हो । अदालतले १ एक वर्ष कैद र २१ लाख २५ हजार जरिवानाको साथै लीनका साथबाट बरामद २२ लाख ५० हजारमध्ये २१ लाख २५ हजार र २१ लाख मोलिएको जापानी निसान स्टेशन वाइगन जीप गाडी जफत गर्न भनेको छ । उनले खाद्य संस्थानको ३६ रोपनी जग्गा लिजमा लिएर र्फम खोली तरकारी र माछा खेती गरेको देखिएकाले बराममदध्ये १ लाख २५ हजार आफ्नै कारोबारबाट आर्जन गरेको देखिएको फैसला उल्लेख छ ।
चिनियाँ नागरिक लीनले २१ लाख २५ हजार आफूले गोविन्दबहादुर साहीबाट सापटी लिएको दाबी गरेका थिए । जिल्ला वन कार्यालय काठमाडौं, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको संयुक्त टोलीले लीनको निवासमा खानतलासी गर्दा यार्चागुम्बा लगायत वन पैदावर, गाडी र नगद २२ लाख ५० हजार बरामद गरेको थियो ।
यसअघि वनसम्बन्धी मुद्दामा जिल्ला वन कार्यालय काठमाडौले चिनिया नागरिक लीनलाई १० दिन कैद र १ हजार ५ सय ११ रुपैयाँ ५५ पैसा जरिवाना गर्ने फैसला सुनाइसकेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......