धादिङका कृषक व्यवसायीक गाँजाखेतीमा, केलाउन र टिप्न विद्यार्थी संलग्न

१३ पुस, धादिङ । धादिङका दुर्गम गाउँका कृषक अरु खेती छाडेर गाँजाखेतीमा लागेका छन् । तस्करले गाउँमै पुगेर गाँजा प्रतिकिलो १५ सय र चरेस ७ हजार रुपैयाँमा किन्छन् । महँगो मूल्यमा ग्राहकले घरबाटै खरिद गर्न थालेपछि कृषकले यस्तो अबैध खेती सुरु गरेका हुन् ।
अधिकांशलाई यो कारोबार गैर कानुनी हो भन्ने नै थाहा छैन् ।
गाँजाखेतीमा स्कूले विद्यार्थी पनि संलग्न रहेका छन् । कारोबारकर्मीले जोगिमारा ४ स्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालय जवाङका विद्यार्थी पठनपाठन छाडेर गाँजा केलाइरहेको भेट्दा अधिकांशले यसबाट आउने पैसा किताव कलम किन्न खर्च गर्ने बताएको खबर कारोबार दैनिकले छापेको छ । त्यो क्षेत्रका अधिकांश किसानले अन्य खेतीपाती सरह नै गाँजाखेती गर्ने भएकाले छोराछोरीले गाँजा केलाउनुलाई सामान्य मान्ने गरिएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......