एथ्लेटिको मड्रिडमाथि बार्साको जित, मेस्सीको गोल ९० पुग्यो


२ पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा लिओनल मेस्सीको २ गोलको मदतमा एथ्लेटिको मड्रिडलाई ४–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ ।
जितपछि बार्सिलोनाको १६ खेलबाट ४६ अंक भएको छ भने दोस्रो स्थानमा
रहेको एथ्लेटिको मड्रिडको ३७ अंक रहेको छ र उ बर्सिलोनाभन्दा ९ अंकपछि छ । स्पानियोलसँग २–२ गोलको बराबरी खेलेको डिफेण्डिङ च्याम्पियन रियल मड्रिड भने समान १६ खेलबाट ३३ अंकका साथ तेस्रो स्थानमा छ भने बर्सिलोनाभन्दा १३ अंक पछि परेको छ ।
बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा अग्रता भने एथ्लेटिको मड्रिडले ३१ औं मिनेटमा राडामेल फल्काओको गोलबाट लिएको थियो । तर, त्यो बार्सिलोनाका अगाडी ५ मिनेटभन्दा टिक्न सकेन । ३६ औं मिनेटमा बार्सिलोनाका एड्रिनोले बराबरी गोल फर्काए भने पहिलो हापको अन्त्यमा बुस्केटले बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।
खेलको ५७ औं र ८८ औं मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । यससँगै सन् २०१२ मा मेस्सीको गोल सँख्या ९० पुगेको छ । उनले हालै मात्र गर्ड मुलरले सन् १९७२ मा बनाएको ८५ गोलको एकै क्यालेण्डर वर्षको सर्वाधिक गोलको कीर्तिमान भंग गरेका थिए ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......