ए डिभिजन लिग फुटबलमा पुलिसको दोस्रो जित

२७ मंसिर, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेण्डिङ च्याम्पिनय नेपाल पुलिसले दोस्रो जित हात पारेको छ ।
बुधबार भएको छैटौं खेलमा पुलिसले बौद्ध क्लबलाई २-० ले पराजित गरेको हो । जितपछि ६ खेलबाट ७ अंकका साथ नवौं स्थानमा उक्लिएको छ भने अंकविहीन बौद्ध पुछारमा छ ।

दशरथ रंगशारामा भएको खेलमा पुलिसले २० औं मिनेटमा सुमन सुवेदीको गोलबाट अग्रता लिएको थियो । बौद्धले फर्कने प्रयास गरेपनि नसकिरहेका बेला खेलको अन्तिम मिनेटमा भोला सिलबालले गोल गर्दै पुलिसलाई २-० को महत्वपूर्ण जित दिलाए ।अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफले बाँसबारीलाई ४-० गोल अन्तरले पराजित गरेको छ । एपीएफले चारै गोल पहिलो हापमा परेको हो । खेलको ७ औं मिनेटमा श्याम नेपालीको गोलबाट अग्रता दिएको एपीएफका लागि ३१ औं मिनेटमा सन्तोष श्रेष्ठले गोल गरे । ३६ औं मिनेटमा टोप विष्टले अग्रता तेब्बर पारे भने पहिलो हालको अन्त्यमा राजेन्द्र रावलले एपीएफका लागि चौथो गोल गरे ।
जितपछि ६ खेलबाट ९ अंक जोडेको एपीएफ पाँचौं स्थानमा उब्लिएको छ भने बाँसबारी १ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......