तारेखमा छाड्न पनि अस्वीकार
१८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले
पूर्वमन्त्री खुमबहादुर खड्कालार्इ भ्रष्टाचारी ठहर गर्ने फैसला पुनरावलोकन
नहुने फैसला सुनाएको छ ।
फैसला पुनरावलोकको माग गर्दै परेको
निवेदनमा सुनुवाई गर्दै प्रधानन्यायाधीश खिलराज रेग्मी, न्यायाधीश
गिरिसचन्द्र लाल र भरतबहादुर कार्कीको पूर्ण इजलासले सर्वोच्चको फैसला नै
अन्तिम भएको भन्दै पुनरावलोकनको माग खारेज गरेको हो । इजलासले धरौटी राखेर
तारेखमा छोड्न गरेको माग पनि खारेज गरेको सर्वोच्चका सहप्रवक्ता हेमन्त
रावलले जानकारी दिनुभयो ।
सर्वोच्चले साउन ३० गते खड्कालाई
भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७५ हजार जरिवाना र त्यती नै
विगोको फैसला सुनाएको थियो । खड्कालाई भदौ ६ गते जेल चलान गरिएको थियो ।
अख्तियारले दावी गरेभन्दा बढी रकम फैसलामा
देखाइएको र अन्य भ्रष्टाचारको मुद्धामा अख्तियार गरिएका नजिर भन्दा फरक
नजिर लगाइएको भन्दै खड्काको तर्फबाट अधिवक्ता बालकृष्ण नेउपानले असोज २३
गते सर्वोच्चमा निवेदन दिनु भएको थियो ।
