दिक्षितको स्कूलद्वारा सरकारलाई चुनौती

१६ पुस, काठमाण्डौ । आफुलाई ‘नागरिक समाजका अगुवा’ भन्न रुचाउने र ‘बिधिको शासन’को वकालत गर्ने कनकमणि दिक्षितले संचालन गरेको बिद्यालयले सरकारलाई चुनौती दिनेगरि गतिबिधि गरिरहेको छ ।
ठूलाबडाले पढ्ने स्कूलका रुपमा चिनिएको रातो बंगला स्कूलले सरकारी निर्देशनको अबज्ञा गर्दै शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिनाअघि नै भर्ना आह्वान गरेको छ । सरकारले चैत अघि कुनै पनि बिद्यालयले भर्ना आह्वान गर्न नपाउने निर्देशन जारी गरेको थियो ।


अघिल्लो बर्ष पनि यसैगरि नियम उल्लंघन गरेर भर्ना आह्वान गर्दा सरकारी निकाय मौन बसेका कारण यसपटक पनि त्यसैगरि भर्ना आह्वान गरेको आजको समाचारपत्र र गोरखापत्र दैनिकले छापेका छन् ।

नियमन गर्नुको साटो ललितपुर जिल्ला शिक्षा अधिकारीले निरिहिता प्रर्दशन गर्ने गरेका छन् । ‘त्यो स्कूलमा ठूलाबडाको लगानी छ, उनीहरुले कसैलाई टेर्दैनन्’ उनले गोरखापत्रसँग भने ।

बिद्यालयहरुवीच अस्वस्थ प्रतिस्पर्धा नहोस भनेर सरकारले चाँडै बिज्ञापन प्रकाशन गर्न नपाउने नियम बनाएको हो । जसमा हरेक बर्ष चैत १ गतेबाट मात्र नयाँ सत्रको बिज्ञापन प्रकाशन गर्न पाउने र १५ गतेपछि मात्र प्रवेश परिक्षा लिन पाउने ब्यबस्था गरिएको छ । त्यसमा निजी बिद्यालयहरुको संस्था प्याब्सन र एनप्याब्सनले पनि हस्ताक्षर गरेका छन् । तर ठूलाबडाको लगानी रहेको र ठूलाबडाका छोराछोरी पढ्ने रातोबंगलाजस्ता स्कूलले राज्यलाई चुनौती दिंदै दादागिरी देखाउन छाडेका छैनन् ।

बिना स्वीकृति १४ भारतीय बिद्यालय

शिक्षा क्षेत्रमा दादागिरी गर्ने क्रम भारतीय लगानीका बिद्यालयहरुले पनि रोकेका छैनन् । नेपाल सरकारको कुनै पनि निकायबाट स्वीकृति नलिई संचालन भइरहेका यी बिद्यालयलाई नियमन गर्नेतिर सरकारले ध्यान नदिंदा मुलुकमा यस्ता १४ वटा बिद्यालय निर्वाध चलिरहेको गोरखापत्र दैनिकले नै छापेको छ । भारतीय कोर्स पढाउने यी बिद्यालयले बुद्ध भारतमा जन्मिएको जस्ता भ्रामक कुरा पाठ्यपुस्तकमा समावेश गर्दै आएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......